१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘८७ हजार नर्सका लागि अनशन बसेकी हुँ’

काठमाडौं – धर्मभक्त मानव अंग प्रत्यारोपण केन्दरुका नर्सहरुको आन्दोलनरतमा ऐक्यबद्धता जनाउन पोखराबाट काठमाडौं आएर अनशन बसेकी नर्स जिता बरालले ८७ हजार नर्सको हक स्थापित नभएसम्म अनशन जारी रहने बताएकी छिन्। मानव अंग प्रत्यारोपण केन्द्र्रकी नर्स डिक्की शेर्पासँगै अनशन बसेकी बरालको अनशन मंगलबार १२ औं दिन पुगेको छ।
आइतबार धर्मभक्त मानव अंग प्रत्यारोपण केन्दसँगको वार्तापछि नर्स शेर्पाले अनशन तोडे पनि बरालले भने अनशन तोडेकी छैनन्। अनशनका कारण स्वास्थ्यमा समस्या आएपछि उनको बसुन्धरास्थित बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ। उनलाई खोकी र नातागत भएको उपचारमा संलग्न चिकित्सिकले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मंगलबार बरालसँग भेट्ने कार्यक्रम रहेको भए पनि राज्यमन्त्री यादव भेट्न आएनन्। नर्स बरालले नर्सहरुको माग पूरा गर्नका लागि मन्त्रालयले समिति गठन नगरेसम्म अनशन नतोड्ने जनाएकी छिन्।

अनशनको १२ औं दिन उनले नागरिकसँग बोल्दै सम्पूर्ण नर्सहरको हक अधिकार पूरा नभएसम्म अनशन जारी रहने बताइन्। बरालले १० बुँदे माग प्रस्तुत गरेकी छिन्। जसमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र बिरामीको अनुपात मिलाउनु पर्ने, नर्सहरुको तहगत पारिश्रमिक तथा सेवा सुविधाको व्यवस्था हुनुपर्ने, नर्सिङ परिषद्को सबै तहको पदपूर्ति गरी नर्सिङ शिक्षाको गुणस्तरीयता र नर्सिङ सेवाको गुणस्तर बढाउनुपर्ने, नर्सिङ महाशाखालाई क्रियाशील बनाउनुपर्ने लगायतका बुँदा छन्।

साथै, नर्सहरुका अधिकार स्थापित हुनुपर्ने, नर्समाथि कार्यस्थलमा हुने हिंसाविरोत्री कानुन निर्माण हुनुपर्ने, नर्सिङ सेवासम्बन्धी ऐन स्थापना गनुपर्ने, स्थानीय निकाय र स्वास्थ्य चौकीमा चार जना नर्सको दरवन्दी हुनुपर्ने, संघ, प्रदेश र स्थानीय निकायमा नर्सको छुट्टै शाखा हुनुपर्ने बुँदा छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मंगलबार बरालसँग भेट्ने कार्यक्रम रहेको भए पनि राज्यमन्त्री यादव भेट्न आएनन्। नर्स बरालले नर्सहरुको माग पूरा गर्नका लागि मन्त्रालयले समिति गठन नगरेसम्म अनशन नतोड्ने जनाएकी छिन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App