१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विकास निर्माणका काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयको आक्रोश

रौतहट– आफ्नो क्षेत्रमा संचालित विभिन्न विकास योजनाहरुको साँसद एवं नेकपाका प्रदेश अध्यक्ष प्रभु साहले प्राविधिकहरुको टोलीसहित स्थलगत निरीक्षण गरेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्वर ३ मा सघन सहरी डिभिजन कार्यालय र डिभिजन सडक कार्यालय अन्तर्गतका निर्माणाधिन विभिन्न आयोजनाहरुको कार्यहरुको साँसद साहले प्राविधिकहरु सहितको स्थलगत अनुगमन निरीक्षण गरेका हुन्।

निर्वाचन क्षेत्र ३ अन्तर्गतको १० स्थानमा करोडौंको लागतमा निर्माण भइरहेको विकासको कार्यहरुको अवस्था कस्तो हो सो सम्बन्धमा साँसद प्रभु साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, सघन सहरी डिभिजन कार्यालय पर्साका चिफ डिभिजनल इन्जिनियर राजेन्द्र खतिवडा, डिभिजन सडक कार्यालय चन्द्रपुरका डिई दरोगा साह, निर्माण व्यवसायी रौतहटका अध्यक्ष दयाराम साह, संघको पूर्व अध्यक्ष नागेन्द्र साह सहित सम्बन्धित स्थानीय तहका मेयर उपमेयरहरु, संचारकर्मीहरु र नागरिक समाजका प्रतिनिधि सहितका टोलीहरुद्वारा स्थलगत रुपमा अनुगमन निरीक्षण गरिएको हो। 

कटहरिया नपामा ५ करोडको लागतमा निर्माण भइरहेको विवाह मण्डप, कटहरिया जमुनिया सडको स्तरोन्ती, गुजरा नपामा बालचनपुर जंगलसहिया सडक, बालचनपुर जंगलसहिया कोल्वी सडक, फतुवा विजयपुर नपामा निजगढ मौलापुर वंकुल सडक, विजयपुर मेवा वंकुल सड्क, वरहथवा गरुडा कटहरिया कलैया सडक, मौलापुर बस स्टैण्ड, मौलापुर पिकनिक स्पर्ट, मौलापुर सभा हल लगायतका विभिन्न योजनाहरुको स्थलगत अनुगमन निरीक्षण गरिएको हो। 

अनुगमनको क्रममा डिभिजन सडक र सघन सहरीका एक दुई आयोजनाको संन्तोषजनक कार्य मात्रै भइरहेको देखिए पनि अन्य कार्यको प्रगति खासै नदेखिदा स्थानीय बासिन्दाद्वारा अनुगमन समिति समक्ष तिव्र रुपमा आक्रोश पोखेका छन्। विजयपुरमा सडकको विचमा कल्भर्ट बनाउने क्रममा डाइभर्सन नबनाई त्यसै काम अपुरो छाड्दा यातायातको सवारी साधन आवागमनमा निकै कठिनाई भइरहेको भए पनि निर्माण व्यवसायीलाई पटक पटक भन्दा कुनै वास्ता नगरेको विजयपुरका स्थानीयले अनुगमन समिति समक्ष व्यथा पोखेका छन्। 

यसैगरी बरथवा÷गरुडा÷कटहरिया÷कलैया सडक खण्डअन्तर्गत दुधियाभारदेखि कटहरियासम्म हालै पिचको निर्माण सम्पन्न भएको महिना दिन नपुग्दा विभिन्न स्थानमा पिच फुटिसकेको प्रति डिभिजन सडक कार्यालयको ध्यानार्षण स्थानीय समाजसेवी नसरुदिनले गराएका छन्। झण्डै एक अर्ब भन्दा बढि बजेटको कार्य रौतहट क्षेत्र नम्वर ३ मा भईरहदा निर्माण व्यवसायीहरु हेलचक्रयाई गर्दासमेत सम्बन्धित निकायबाट कडाई नहुँदा निर्माण व्यवसायीहरुको मनोवल बढ्दै गएको स्थानीयबासीको आरोप छ। ठेकेदार र सम्बन्धित निकायको लापरवाही रहेको गुनासो स्थानीयबासीको थियो।


संघीय प्रतिनिधि सभाको साँसद प्रभु साहले निकै मेहनतपछि रौतहटको यस भेगमा विकास निर्माणको आयोजनाहरु संचालनमा आएको भए पनि स्थानीय बासिन्दाहरुको साथै सम्बन्धित निकायबाट तदारुक्ताको साथ कार्य गराएमा मात्रै निर्धारित समयमा पुरा हुने बताएका छन्। रौतहटको अति दुर्गम क्षेत्रको रुपमा रहेका क्षेत्र नम्वर ३ मा विकासको लहर छाएको हुँदा आफनो कार्य सम्झेर स्थानीय बासिन्दाहरु चनाखो भई कार्य गराएमा दिगोपना र भरपर्दो हुने विश्वास व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी किरण थापाले केन्द्रीय सरकारबाट प्राप्त भएको अनुदान रकमलाई पूर्ण रुपमा सदुपयोग गरेर निर्माणको कार्यहरुमा ढिलासुस्ती नगरेर निर्धारित समयभन्दा अगाडि सम्पन्न गरेमा राज्यबाट बोनस रकम समेत पाउने व्यवस्थापन गरिएको हुँदा ढिलो गरेर कार्य नगर्न निर्माण व्यवसायीलाई सुझाव दिएका छन्।

अनुगमनकै क्रममा निर्माण व्यावसायी संघ रौतहटका अध्यक्ष दयाराम साहले विभिन्न निकायहरुबाट ठेक्का सकार गरे पनि हामीलाई ६ महिनासम्म कुनै साइट नदेखाएको कारण अलि ढिलो भएको भए पनि तर निर्धारित समय अगावै निर्माणको कार्यहरु पुरा गर्ने प्रतिबद्धता प्रकट गरेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७६ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App