१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चेक बाउन्स मुद्दामा ३ महिना कैद फैसलापछि खुश्बुले भनिन्ः अदालत जान्छु

काठमाडौं– चेक बाउन्स मुद्दामा ३ महिना कैद फैसला भएपछि माेडल खुश्बु ओलीले अदालत जाने बताएकी छिन्। चेक बाउन्स मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

फैसलापछि सामाजिक सञ्जाल फेसबुक पेजमार्फत खुश्बुले चेक बाउन्सको मुद्दा तथा फैसलाबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै बुधबार अदालत जाने बताएकी हुन्। ‘म वर्षाेदेखि कामाठाडौं र झापामा काम गर्दै आएकी छु। यो मुद्दाबारे पत्र पाएको भए म अदालत जान्थें’, उनले लेखेकी छिन्, ‘यो फैसला, यो मुद्दाबारे मलाई कुनै जानकारी छैन। त्यसैले म भोलि अदालत जान्छु।’ 

खुश्बुले सप्तरीका गोपालबहादुर कट्वाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि जिल्ला अदालतमा मुद्दा परेको थियो। खुश्बुले घरजग्गा खरिदका लागि भन्दै कट्वालबाट ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्। उक्त रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कट्वालले खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दायर गरेका थिए। 

न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार फैसलामा कैद र जरिवानाका साथै खुश्बुबाट ३६ लाख भराउन पनि आदेश गरिएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App