१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुप्तचर अधिकृतलाई पहिलोपटक प्रहरी तालिम

काठमाडौं - सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि/गुप्तचर) अधिकृतहरूलाई पहिलोपटक नेपाल प्रहरीको रणनीतिक तालिम प्रदान गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) र उपरीक्षक(एसपी) तहका २५ जना गुप्तचर अधिकृतले नेपाल प्रहरीबाट पहिलोपटक ३ महिना लामो ‘रणनीतिक तथा नेतृत्व बिकास तालिम’ लिएका हुन्। २०७५ फागुन २ गतेबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)मा सञ्चालित तालिम सोमबार समापन भएको हो।

गृह मन्त्रालयका अनुसार गुप्तचरका सह–अनुसन्धान निर्देशक रामप्रसाद दास, ओमबहादुर खड्का, सञ्जयकुमार यादव, भीमबहादुर बुढाथोकी, कृष्णप्रसाद खनाल, किशोरकुमार श्रेष्ठ र प्रजेशसिंह हमालले प्रहरी तालिम लिएका हुन। गृहमन्त्री रामबहादुर थापाले सोमबार तालिमको समापन गर्दै नेतृत्व विकास तथा रणनीतिक तालिम संगठनलाई चुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।उनीहरु एसएसपी सरहका अधिकृत हुन्।

त्यस्तै, उपअनुसन्धान निर्देशकहरु पप्पु शर्मा पौडेल, कमलबहादुर थापा, मुकुन्द मरहठ्ठा, विष्णुमणि आचार्य, नवीनराज अधिकारी, कुमार खड्का, लिलाधर पौडेल, अर्जुन भण्डारी, नन्दकुमार धिताल, नगेन्द्रप्रसाद दाहाल, योगेन्द्र केसी, राजन उप्रेती, भूमिपसाद पाठक, रिबेनकुमार गच्छदार, विकास पाण्डे, रमेशचन्द्र यादव, नरेशबहादुर शाह र विमल डंगोल छन्। उपअनुसन्धान निर्देशकहरु प्रहरीमा एसपी सरहको पद हो।

दुवै तहका अधिकृतलाई प्रहरीले हतियार सञ्चालनदेखि रणनीतिक र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरेको छ। द्वन्द्वकालमा नेपाल प्रहरीले यस्तै किसिमको १५ दिने तालिम प्रमुख जिल्ला अधिकारीलाई प्रदान गर्दै आएको थियो।

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App