८ वैशाख २०८१ शनिबार
राजनीति

पत्रकार दोस्रो चरणको आन्दोलनमा

काठमाडौं – नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयक सच्याउन सरकार तयार नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न पक्षसँग छलफलदेखि मानव साङ ो बनाई बृहत प्रदर्शन गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो।

संसदमा वैशाख २६ गते दर्ता मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सरकार तयार नरहेको ठहर महासंघको छ। ‘सरकारले माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन,’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।’

दोस्रो चरणअन्तर्गत सोमबार र मंगलबार महासंघका पूर्वअध्यक्षसँग छलफल तथा बुधबार संसदमा प्रतिनिधित्व गरेका दलहरूको ध्यानाकर्षण गराउने छ। त्यस्तै बिहीबारदेखि आइतबारसम्म सञ्चारमाध्यमका सम्पादकसहित सञ्चार अभियान सञ्चालन गरिने छ। १३ र १४ गते सांसदसँग छलफल गरिने छ। १८ देखि २० गतेसम्म महासंघका प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचारकक्षमा पर्ने प्रभावबारे छलफल गरिने छ। २१ र २२ गते महासंघका जिल्ला शाखाले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेसाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने छन। त्यस्तै २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेसाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गरिने छ।

यति गर्दा पनि सरकारले नसुने जेठ २५ गते अपरान्ह ३ बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ ो बनाई बृहत प्रदर्शन गरिने छ। काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा मानव हातेसाङ ो बनाई प्रदर्शन गरिने छ। उक्त विधेयक संसदमा पेस हुने दिन देशव्यापी विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ।महासंघले पहिलो चरणको आन्दोलन सफल पार्न सहयोग पु¥याउने सञ्चारकर्मी, मानव अधिकारवादी, पेसागत संघ–संगठन, नागरिक समाजसहित सबैलाई धन्यवाद दिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App