१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्माणाधीन मदन भण्डारी सभाहललाई रकम अपुग

उदयपुर- उदयपुरमा निर्माणाधीन ‘त्रियुगामदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवनको निर्माण कार्य मध्यम चरणमा पुग्दैछ। जिल्लाको ‘आईकन प्रोजेक्ट’ मानिएको त्रियुगा नगरपालिका १३ साविक हवाई फिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरसँगै निर्माणाधीन छ।

भवनको काम अपेक्षाकृत छिटो भईरहेपनि पूर्ण संरचना निर्माण गर्न बजेट अपुग हुने निर्माण कम्पनीले जनाएको छ। हालको इस्टीमेट र विनियोजित बजेटले परिकल्पना गरिएजस्तो सुविधा सम्पन्न र बहुआयामिक भवन अधुरो र अपुरो हुने भन्दै थप बजेट व्यवस्था गर्न सम्बन्धित निकायले ध्यानदिन निर्माण कम्पनीले सुझाएको छ। २ विघा क्षेत्रफल जमिनमा पार्किङ, शौचालय, अतिथिगृह, चमेनागृह, कर्मचारी आवासगृह सहितको २ वटा साना–ठूला सभाकक्ष एउटै भवनमा निर्माण गरिने प्राविधिक इस्टीमेट छ। सघन सहरी तथा आयोजना कार्यालय राजविराजको प्राविधिक रेखदेखमा निर्माणाधीन भवनमा १ हजार ५ सय जना सहभागी भएर कार्यक्रम गर्न मिल्ने ठूलो र ५ सयजना सहभागी गराउन मिल्ने सानो  सभाकक्ष बनाउने इस्टीमेट छ।

भूमिगत पार्किङ, चारैतिर हरियाली युक्त फुलबारी हुने भवनको पश्चिमतर्फ मुख्यद्वार रहने छ भने चारै दिसातर्फ प्रवेशद्वार बनाइने छ। भवनमा खानेपानी, शौचालय, बैठककक्ष, कर्मचारीकक्ष, आवासकक्ष, सुरक्षापोष्ट र अतिथि आवास तथा चमेनागृह समेत निर्माण हुने आयोजना कार्यालयका इन्जिनियर ब्रम्हदेव चौधरीले बताए। उनकाअनुसार भवनको निर्माण कार्य ०७४ वैशाख १० गते सम्झौता गरेर सुरु भएको हो भने ०७७ वैशाख १० गते (३ वर्ष) भित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ।

गत असारसम्म ११ करोडको काम सम्पन्न भएर भुक्तानी पाएको निर्माण कम्पनी रविना/जोशी/पवित्र जेवीलेयो वर्ष भने सबै‘कङ्क्रिट’ संरचनाका काम गर्नु पर्दा अहिलेसम्म २ करोड ५० लाख हाराहारी मात्र भुक्तानी पाईरहेको छ। जेवीका प्रतिनिधि केदार दाहालले गतवर्ष जगखन्ने र फाउण्डेसनको काम भएकाले छिटोछिटो भएर ३ महिनामै ११ करोडको कामसकेर भुक्तानी लिएको तर,चालुवर्ष भुई ‘कङक्रिट’ काम गर्नुपर्दा ढिला भएको बताए।

प्रकाशित: ५ जेष्ठ २०७६ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App