१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘लुकीछिपी किन मायामा’ ‘चोपेन्द्र’र सुरबिनाको अव्यक्त प्रेम

काठमाडौं– फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ। 

गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको गीत ‘लुकीछिपी किन मायामा’ बोलको गीतमा एकापसमा मनपराउनेको अव्यक्त प्रेम झल्किन्छ। भिडियो निर्देशक नविन चौहानले सामान्य प्रस्तुतिमा निकै राम्रो भिडियो बनाएका छन्। गाउँले परिवेशमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई देखाएको छ।

भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन्। भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ। 

गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन्। भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन्। भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो।

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App