१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अपहरणमा परेका भनिएका व्यापारी साह पारिवारको सम्पर्कमा

रौतहट- अपहरण गरी वेपत्ता पारिएको भनिएका रौतहटका एकजना व्यापारी पारिवारिक सम्पर्कमा आएका छन्। गत वैशाख १७ देखि हराइरहेका रौतहटको कटहरिया बजारका व्यापारी श्री भगवान साह भारतको राजधानी नयाँ दिल्लीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

वैशाख १७ देखि हराइरहेका व्यापारी साह शुक्रबारदेखि परिवारको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। शुक्रबारदेखि पारिवारिक सम्पर्कमा उनी आइसकेकोले उनको अपहरण नभएको स्पष्ट भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काले जनाए।

व्यापारी अपहरणमा परेको र प्रहरीले केही पनि गर्न नसकेको भन्दै कटहरिया र गरुडाका व्यवसायीहरु आन्दोलन गर्दै आएका थिए। प्रहरीले भने अपहरणको कुनै संकेत नभेटिएको भन्दै आफैँ कतै लुकेको हुन सक्ने बताउँदै आएको थियो।

वैशाख १७ गतेदेखि हराएका साहको लु ४१ प ५७४९ नम्बरको मोटरसाइकल, त्यसको साँचो, मोबाइल, ४ वटा सिमकार्ड, नेपाली नागरिकताको प्रमाणपत्र, रकम ट्रान्सफर गर्ने सेन्चुरी बैँकको बिएलवी मेसिन, चेकबुक लगायतका केही सामान गरुडाका व्यावसायी भोजेन्द्र साहको घरबाट १८ वैशाखमा बरामद भएको थियो। सामान बरामद भएपछि भोजिन्द्र साहमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो भने स्थानीय राम चौधरीलाई नियन्त्रणमा लिई दुई हप्तादेखि अनुसन्धान गरिरहेको थियो। व्यावसायी भोजिन्द्र साहले भने श्री भगवान साहले आफ्ना सबै सामानहरु आफैँले राखेर गएको प्रहरी समक्ष बयान दिँदै आएका थिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App