१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

असोजमा सुमीको ‘सरौतो’

काठमाडौं – बदलाको कथामा निर्माण गरिएको फिल्म ‘सरौतो’ आगामी असोज ३ गते रिलिज हुने भएको छ। छायाँकार हरि हुमागाईंको ‘डेब्यू’ निर्देशन रहेको फिल्मको केही समय अघि मात्र छायांकन सकिएको थियो। निर्देशक हुमागाईंले वितरकसँगको सल्लाहमा रिलिज मिति तोकिएको बताए। ‘प्राविधिकको समय र वितरकसँगको छलफलपछि हामीले रिलिज मिति तय गरेका हौं’, निर्देशक हुमागाईंले भने ‘फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौं। लेखिएको कुरा पर्दामा उतार्न चुनौतीसँगै सफल भएको अनुभव गरेका छौं।’

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स् एण्ड ग्लिटर फिल्म्स् स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सिर्जना जोशी र लक्ष्मीकुमारी तामाङ कार्यकारी निर्माता छन्। फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल र मनोज तामाङलगायतको अभिनय रहेको छ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन, राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोशिस क्षेत्रीको संगीत, निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य छ। काठमाडौं, सिम्रौनगठलगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App