१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक सय ५० कोरी नेपाली कागज निर्यात

खोटाङ – खोटाङको एउटै वडाबाट एक सय ५० कोरी नेपाली कागज निर्यात भएको छ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित फेदी सामुदायिक नेपाली हाते कागज उद्योगमा उत्पादित करिब ६ सय केजी नेपाली कागज निर्यात भएको हो।

स्थानीय चिलिम–लाहुरे–पोखरी सामुदायिक वनमा पाइने लोक्ता प्रशोधन गरेर उत्पादन गरिएको हाते कागज बुधबार काठमाडौं निकासी गरिएको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ।

उक्त कागज काठमाडौं हुँदै विदेशसम्म निर्यात हुने गरेको उद्योगीको भनाइ छ। गाउँबाट प्रतिकोरी दुई हजारदेखि दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको उद्योगीमध्येका मनकुमार तामाङले बताए।

 

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App