१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली जनावरका लागि विद्युतीय बार

इटहरी - जंगली हात्तीको आक्रमणबाट सुनसरी कोसी गाउँपालिका क्षेत्रमा २०७४ मंसिर दोस्रो साता एकैचोटि दुईजनाको मृत्यु हुन पुग्यो। सो आक्रमणबाट कोसी गाउँपालिका–३ की ५५ वर्षीया बेचनीदेवी सर्दार र सोही ठाउँकी ४५ वर्षीया देवकीदेवी सर्दारको मृत्यु भएको थियो। सो घटनाको केही दिनपछि वराहक्षेत्र नगरपालिकाको श्रीलंका टापुका रविलाल उरावको पनि अर्को दुखद घटना हुन पुग्यो। प्रायः आरक्षआसपासमा विपन्न परिवार रहेका छन्, घाँसदाउरा गर्न गएकै बेला हात्ती, अर्नालगायत जनावरले आक्रमण गर्ने चिन्ताले उनीहरूलाई सताउँदै आएको थियो। राति पनि जंगली जनावर मानव बस्तीमा पस्दा मानवीय क्षति गर्ने उत्तिकै चिन्ता हुने गथ्र्यो। अन्नबाली र घर भत्काएको त सामान्य नै छ।

जंगली हात्तीको आक्रमणबाट आव २०७४/७५ मा ६ जनाको मृत्यु र १८ जना घाइते भएका थिए भने आव २०७३/७४ मा पनि ६ जनाकै मृत्यु भएको थियो।

आरक्ष क्षेत्र तीन जिल्लामा गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। मानव बस्तीमा जंगली जनावरलाई प्रवेश गर्न नदिन सुनसरीतर्फ पश्चिम कुसाहादेखि प्रकाशपुरसम्म विद्युतीय बार केही वर्षअघि नै लगाइएको थियो। तापनि हात्तीले नजिकैका रूख लडाएर बार बिगारी गाउँ प्रवेश गर्ने गरेका थिए। अर्कातिर अर्नाको आक्रमणबाट पनि मानवीय क्षति हुने क्रम बढेकाले सो क्षेत्रमा विद्युतीय बार अझ मजबुत पार्ने रणनीतिअनुसार अहिले धमाधम काम भइरहेको छ। सुनसरीको प्रकाशपुरदेखि भन्टाबारीसम्म १४ किलोमिटर र सप्तरीतर्फ ५ दशमलव ५ किलोमिटर विद्युतीय बार लगाउने काम भइरहेको आरक्ष प्रशासनले जनाएको छ। आरक्षका सहायक वार्डेन गणेश तिवारीका अनुसार बार लगाउने कार्य जेठभित्र सकिनेछ।

सुनसरीतर्फ एक करोड रुपैयाँ र सप्तरीतर्फ ३२ लाख रुपैयाँको लागतमा विद्युतीय बार लगाउने काम भइरहेको छ। यसअघि सुनसरीतर्फ १२ किलोमिटरमा मात्र विद्युतीय बार थियो। सुनसरीबाहेक उदयपुर बेलाका क्षेत्रमा पाँच, सप्तरीको कमलपुर क्षेत्रमा तीन र पथरी क्षेत्रमा दुई किलोमिटर विद्युतीय बार रहेको थियो।
‘चालु आव २०७५ र ७६ मा जंगली जनावरको आक्रमणबाट आरक्ष क्षेत्रमा कसैको पनि मृत्यु भएको छैन,’ सहायक वार्डेन तिवारीले भने, ‘अब पूरै विद्युतीय बार लगाएपछि आरक्षआसपासका बासिन्दा पूर्ण रूपमा सुरक्षित हुनेछन्।’

सरकारले २०६१ सालमा आरक्षवरिपरिका दुई सय १५ बस्तीलाई समेटी एक सय ७३ दशमलव ५० वर्ग किलोमिटर क्षेत्रलाई कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो। आरक्षआसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार आठ सय ६५ घरपरिवारका ८४ हजार चार सय २३ जना बसोबास गर्छन्।

जंगली हात्तीको आक्रमणबाट आव २०७४/७५ मा ६ जनाको मृत्यु भएको र १८ जना घाइते भएका थिए। हात्तीको आक्रमणबाट आव २०७३/७४ को अवधिमा पनि ६ जनाकै मृत्यु भएको थियो। यस्तै २०६६ सालयता अर्नाको आक्रमणबाट मात्र १२ जनाको मृत्यु भइसकेको छ। यो अवधिमा अर्नाको आक्रमणबाट ३३ जना घाइते भएका छन्। आव २०७४/७५ मा सरकारले एक करोड रुपैयाँबराबरको क्षतिपूर्ति प्रदान गरेको छ।

सो अवधिमा जंगली जनावरले दुई सय १५ घरमा क्षति पु¥याएको र चार सय ६० जनाको अन्नबालीमा नोक्सान पु¥याएको थियो। आव २०७५/७६ मा पनि एक करोड रुपैयाँ बराबरको राहत प्रदान गरेको छ। सरकारले वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई १० लाख, घाइतेलाई जनही अधिकतम दुई लाख र बाली क्षति अधिकतम प्रतिघर १० हजार रुपैयाँ दिने गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App