१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरपालिकामै कुटिए वडाध्यक्ष

नगरपालिकामै कुटिएका वडाअध्यक्ष नारायणप्रसाद रेग्मी। तस्विर/नागरिक

दैलेख — चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालयभित्रै वडाअध्यक्ष कुटिएका छन्। चामुण्डाविन्द्रासैनी नगरपालिका ५ नम्वर वडाका वडाअध्यक्ष नारायणप्रसाद रेग्मीलाई नगरपालिकाभित्रै कुटपिट गरिएको हो।

कार्यपालिकाको बैठकमा सहभागी हुन शुक्रवार पुगेका वडाअध्यक्ष रेग्मीलाई देउती आधारभुत प्राथमिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले गालीगल्लोज गर्दै आक्रमण गरेका थिए। आक्रमणबाट वडाअध्यक्ष रेग्मीकाे कपडा च्यातिएको छ भने, शरिरमा सामान्य चोट लाग्नुका साथै निलडाम बसेको छ। शिक्षकले आक्रमण गरेपछि नगरपालिकाका सुब्वा लोकेश शाहीले छुट्याएका थिए। प्रमुख प्रशासकिय अधिकृतको

कक्षमा पुगेका वडाअध्यक्षलाई फेरी आक्रमण गर्न थालेपछि नगरपालिकाबाट प्रहरी  चौकीतिर भागेका थिए। प्रहरी चौकी पुगेपछि आक्रमण रोकिएको  पीडित वडाअध्यक्ष रेग्मीले बताए। ‘प्रहरी चौकी तर्फ भागेर जाँदै गर्दा बाटोमै फेरी आक्रमण भयो।’ वडाअध्यक्ष रेग्मीले भने, नगरपालिका र बाटोमा दुई पटक आक्रमण भयो। असुरक्षित भएपछि घरपरिवार, आफन्तलाई बोलाएर घर फर्किए।’

देउती आधारभुत विद्यालय वनाडाका प्रावि स्थायी शिक्षक शाहीले विद्यालयमा आर्थिक हिनामिनाको आरोप  लागेको थियो। ३ वर्षदेखि लेखापरीक्षयण नगरेको, विलभरपाई नक्कली पेश गरेको आरोप लागेको थियो। लेखा  समितिको बैठकले बेरूजु ननिकाल्नका लागि समितिका अध्यक्ष सिता जैसी 

र वडाअध्यक्ष रेग्मीलाई धम्की दिदैं आएका थिए। आफुलाई प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको भन्दै शिक्षक शाहीले आक्रमणगरि कुटपिट गरेको वडाअध्यक्ष रेग्मीले बताए। ‘सार्वजनिक स्थल नगरपालिकामै मलाई आक्रमण भयो।’ वडाअध्यक्ष रेग्मीले भने, म नै कानुनी उपचारमा नजाने हो भने अरुको हालत के होला। त्यसैले कानुनी उपचारका लागि म शनिवार दैलेख सदरमुकाम जाँदैछु। नगरपालिकाको कार्यपालिका बैठकबाट आक्रमणको दुःख ब्यक्त गर्ने निर्णय गरिएको छ।’

विद्यालय ब्यवस्थापन समिति, अभिभावक भेलाले विभिन्न अनियमितता गरेको आरोपसहित चैत्र १५ गते प्रधानाध्यापक पदबाट हटाउने निर्णय गरेका थिए। विद्यालय ब्यवस्थापन समितिले पत्र पठाएको डेढ महिना नाघिसक्दा पनि जिल्ला शिक्षा समन्वय इकाइले राजनीति आस्थाकै कारण प्रधानाध्यापक परिवर्तन गर्नका लागि पत्राचार नगरेको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ। ‘२ लाख जति अनियमितता गरेको आंशका गरिएको छ।’ विद्यालय ब्यवस्थापन समितिका एक सदस्यले भने, सवै आरोप खण्डन गर्नका लागि भनेपनि प्रअ शाहीले सुनुवाई नगरेपछि प्रअबाट हटाईएको हो।’

प्रकाशित: ४ जेष्ठ २०७६ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App