१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लुम्बिनीमा प्रधानमन्त्री ओलीले गरे अढाई हजार बिरुवा रोप्ने कार्यक्रमकाे उदघाटन

लुम्बिनी - आज २५सय ६३ औं बुद्ध जयन्ती लुम्बिनीमा भब्य रुपमा मनाइदै छ । हरेक बर्ष बैशाख शुक्ल पुर्णिमाका दिनलाइ गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप मनाउने गरिन्छ ।  बुद्ध जयन्ती मनाउने क्रममा निकालिएकाे -यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाउँदै लुम्बिनी परिसरमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमकाे उदघाटन गरेका छन्।

-यालीअघि प्रधानमन्त्री ओलीले लुम्बिनी परिसरमा भिक्षु भिक्षुणीहरुलाइ चिवर दान दिएका थिए । प्रधानमन्त्री ओली बुद्ध जयन्तिकालागि शुक्रबारै लुम्बिनी आएका हुन । शुक्रबार उनले तिलौराकोटको अवलोकन गरी लुम्बिनीमा दिप प्रज्वलन तथा बुद्ध पुजा गरेका थिए ।

कपिलबस्तुका शाक्यबंसीय राजा सुद्धोधन र रानी मायादेविका पुत्रका रुपमा बैशााख शुक्ल पुर्णिमाका दिन लुम्बिनीमा जन्मिएका राजकुमाार सिद्धार्थ गौतमबुद्धले बुद्ध पुर्णिमाकै दिन भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । २९ बर्षको उमेरमा घर त्यागेर ज्ञानको खोजीमा हिडेका सिद्धार्थलाइ ३५ बर्षकै उमेरमा बुद्धत्व प्राप्त भएको थियो । जन्म व्याधि, जरा र मृत्यु चार सत्यलाइ बुद्ध दर्शनमा व्याख्या गरीएको छ । त्यस्तै हिंसा नगर्नु,झुठो नबोल्नु, चोरी नगर्नु, पद्यपान नगर्नु र यौन व्यभिचार नगर्नु बुद्धका पञ्चशील ज्ञान हुन।

बुद्ध पुुर्णीमाका दिन आज बुद्ध जन्मस्थल लुम्बिनी कपिलबस्तुको तिलौराकोट, नवलपराासीको रामग्रााम, रुपन्देहीको देवदह देशका बिभिन्न स्थानका गुम्बा तथा बिहारहरुमा बुद्ध धर्मावलम्बीहरुले बुद्ध पुजा, ध्यान गरी बुद्ध जयन्ती मनाइएको छ ।

प्रदेश नं. ५ को सरकारले यो बर्ष लुम्बिनी भ्रमण बर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप तयारी गरेको छ । लुम्बिनी र प्रदेशका बिभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका  क्षेत्रहरुको पहिचान,संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण बर्षको रुपमा मनाउन थालेको हो ।

बुद्धको महापरिनिर्वाणपछि बुद्ध जयन्ती मनाउन थालेको २५६३ बर्ष पुरा भएको र बुद्धको जन्म त्यसभन्दा ८० बर्ष पहिले भएकाले बुद्धको जन्मको सम्झना स्वरुप २६ सय ४३ वटा बिरुवा राप्न लागिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराइले जानकारी दिए ।

प्रकाशित: ४ जेष्ठ २०७६ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App