कम्प्युटर र मोबाइलको बढ्दो प्रयोगले निम्त्याउने रोग

बढ्दै छ कम्प्युटर भिजन सिन्ड्रोम

शनिबार, ०४ जेठ २०७६, ०८ : ११ पवित्रा सुनार

विकसित राष्ट्रसँगै नेपाल पनि कम्प्युटर, मोबाइलजस्ता सञ्चारका साधनको प्रयोगमा अभ्यस्त हुँदै गएको छ। साना–ठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनिकीसमेत मोबाइल र कम्प्युटरमै हुन्छ। यो अभ्यासमा बालबालिका, किशोरकिशोरीदेखि जागिरे, पेसाकर्मी कोही अछुतो छैन। तर यसको प्रभाव नियमित प्रयोगकर्ताहरूको आँखामा परिरहेको चिकित्सक औंल्याउँछन्। यी साधनका प्रयोगकर्र्ताहरूमा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ नामक नयाँ समस्या बढिरहेको उनीहरू बताउँछन्।

तिलगंगा आँखा अस्पतालका अनुसार दैनिक औसत आउने १ हजारजना बिरामीमध्ये २० प्रतिशत कम्प्युटर भिजन सिन्ड्रोम समस्याका छन्। यो समस्या भएका विद्यार्थी, किशोर–किशोरी, बैंकमा काम गर्ने कर्मचारी तथा पेसागत समूह टाउको दुख्यो भनेर अस्पताल पुग्ने गरेका छन्। यो समस्याबाट चिकित्सकसमेत अछुतो नरहेको तिलगंगा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजु बताउँछन्।

यो सिन्ड्रोम भएमा आँखाको डल्लो बाहिर निस्कन खोजेजस्तो, टाउको दुख्ने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुक्खा हुने, आँखा चिम्म गरेर बसौं जस्तो हुनेलगायत लक्षण हुन्छन्।

‘कम्प्युटरमा बिरामीको फाइल राख्न थालेपछि बिरामीसित टाढा भएको अनुभूति हुन्छ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने। आँखा कम्प्युटरमा राख्नु परेपछि बिरामीसित आँखाको सम्पर्कबाट हुने भाषा हुन नसकेको सैजुको अनुभव छ। ‘पहिला बिरामीसँग आँखा जुधाएर कुरा हुन्थ्यो, अहिले बिरामीको अभिलेख राख्दा आँखा कम्प्युटरमा हुन्छ।’

डा. सैजुका अनुसार जो दैनिक ६ देखि ८ घण्टाभन्दा बढी समय मोबाइल या कम्प्युटरमा काम गर्छन्, उनीहरूमा यो समस्या आउँछ। नजिकको चिज हेर्ने बेलामा आँखाका ६ वटा मांसपेशीले काम गरिरहेका हुन्छन्। अर्थात दायाँ र बायाँ आँखा गरी १२ वटा मांसपेशीले काम गरिरहेको हुन्छ। यिनै मांसपेशीको सहयोगले आँखाले दायाँ, बायाँ, तलमाथि गरी हेर्ने काम गर्छ। यो प्रक्रियालाई स्टे«रोप्सिस भनिन्छ। नजिकको चिज हेर्ने बेलामा यसले आँखालाई नजिक  ल्याउँछ। लामो समयसम्म काम गर्दा ती मांसपेशीमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखिन्छ।

यो सिन्ड्रोम भएमा आँखाबाहिर निस्कन खोजेजस्तो, आँखाको डल्लो बाहिर निस्कने खोजेजस्तो, टाउको दुख्ने, एउटै वस्तु दुइटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुक्खा हुने, आँखा चिम्म गरेर बसौं जस्तो हुनेलगायत लक्षण हुन्छन्।

यो समस्याको समयमै व्यवस्थापन नभएमा लामो  समय सताउने चिकित्सक बताउँछन्। त्यसकारण यो समस्याको व्यवस्थापनको सुरुवात पहिला बिरामी आफैंले गर्न सक्छन्। यसका लागि केही थेरापी अपनाउनु पर्छ। जुन फ्रेस भएपछि पुनः काम गर्ने एउटा थेरापी हो। यो थेरापीअन्तर्गत ‘रुल अफ सिक्सटी’ सूत्र प्रतिपादन भएको छ। जसमा ६० मिनेट निरन्तर कम्प्युटरमा काम गरेपछि ६० सेकेन्ड आराम गर्ने र ६० मिटर टाढा बस्नुपर्छ। यदि दुई घण्टा निरन्तर काम गरेको अवस्थामा पाँचदेखि सात मिनेट आराम गरी ३० मिटर टाढा बस्नुपर्छ।

यसो गर्दा कम्प्युटरमा काम गर्नैपर्ने बाध्यता भएकाहरूमा समस्या आउन पाउँदैन। यो समस्यालाई व्यवस्थापन गर्न नसकेमा व्यक्तिमा अनावश्यक दिक्क हुने र तनावमा राख्ने र काम गर्न अप्ठ्यारो हुने समस्या राख्छ। स्वयंले अपनाउने यो थेरापीले निको नभएमा केही आँखाको मांसपेशीको कसरत र चिकित्सकको सुझावमा चस्माको प्रयोग पनि गर्नुपर्ने हुन्छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...