१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

फेरी सभापतिमा उठ्छु: देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसको आगामी महाधिवेशनमा पुनः सभापति पदमा उठ्ने उद्घोष गरेका छन्। प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन्।

‘पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो’ उनले भने। मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो।

‘आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ’ सभापति देउवाले भने। अन्तरघात मुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा  उनले जोड दिए।

सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेसभित्र सशत्त एकताको खाँचो रहेको बताए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ३ जेष्ठ २०७६ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App