'सरकारले भ्रष्टाचार नियन्त्रण गरेको छ'

शुक्रबार, ०३ जेठ २०७६, १० : ४० नागरिक

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नियन्त्रण गरेको बताएका छन्।

मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले  भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ परिरहेको भन्दै सरकारले भ्रस्टचार नियन्त्रण गरेको दाबी गरेका हुन्।

ओलीले वालुवाटारको जग्गा प्रकरणमा पूर्ववर्ती सरकारले केही नगरेको बताउँदै यसको छानविन आफ्नो सरकारले गरेको बताए। तथापी आफैमाथि विभिन्न आरोपहरु लाग्ने गरेकाे भन्दै दुखेसो गरे।

उनले नीति तथा कार्यक्रमको आलोचना गर्ने ठाउँ नभेटर ‘मेरो सरकार’को आलोचना भएको भन्दै ‘मेरो सरकार’ नभने कस्को सरकार भन्ने भन्दै प्रश्न तेर्साए। उनले प्रतिपक्षी दलमाथि कटाक्ष गर्दै ‘के निउ पाउँ कनिका पोखौं,’ झै भएको बताए। ओलीले अन्य देशमा पनि यही चलन भएको तर पनि पुरानो पार्टी नेपाली कांग्रेसले यति कुरा नबुझ्दा अचम्म लागेको बताए।

अाेलीले कम्युनिस्ट पार्टीको सरकार कतिलाई नपचेको भन्दै, अर्को पटक आफ्नो पार्टीको २ तिहाइकोे एकल सरकार बन्ने बताए । उनलेपार्टीमा केही कमीकमजोरी भए सच्याउँदै पार्टीलाई नमुना पार्टी बनाउने समेत दाबी गरे।







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...