१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निजी लागतमा विद्यालयमा मञ्च

सर्लाही – जिल्लाको दक्षिण–पश्चिम भारतीय सीमाक्षेत्र छतौनास्थित एक विद्यालयमा स्थानीय समाजसेवीले लाखौं खर्च गरी मञ्च निर्माण गरिदिएका छन्। बलरा नगरपालिका–११ छतौनास्थित सुधा राजेश्वर माविमा स्थानीय उमेश सिंहले ५ लाख रुपैयाँ लागतमा शैक्षिक तथा सांस्कृतिक मञ्च निर्माण गरिदिएका हुन्।

सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सिंहले आफ्नो व्यक्तिगत खर्चमा सो मञ्च निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक प्रेमेन्द्रकुमार ठाकुरले जानकारी दिए। बिहीबार नै मञ्चको उद्घाटन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तले रिवन काटेर सो मञ्चको उद्घाटन गरेका छन्।

बलरा नगरपालिकामा तत्कालीन एमालेको तर्फबाट नगरप्रमुखका प्रत्यासीसमेत रहेका सिंहले विद्यालयमा औपचारिक कार्यक्रम गर्न मञ्चको आवश्यकता भएको र विद्यालयको कुनै स्रोत नभएकाले आफूले व्यक्तिगत खर्चमा मञ्च निर्माण गरिदिएको बताए।

मञ्च उद्घाटनकै अवसरमा २०७५ सालको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको प्रधानाध्यापक ठाकुरले जानकारी दिए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App