१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकौलीको ढाट हटाउन माग

चितवन – पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको ढाट हटाउन माग गरिएको छ। रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघद्वारा चितवनको बरन्डाभार जैविक मार्गमा भरतपुरतर्फ राखिएको ढाट हटाउन माग गरिएको हो। बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतलाई ध्यानाकर्षण गराउँदैे ढाट हटाउन माग गरिएको चार बुँदे पत्र बुझाइएको छ।

शून्य दूरीमा पूर्वपश्चिम राजमार्गको नारायणगढको पुल्चोक वा राप्ती नगरपालिकाको लोथरको पुलमा ढाट राख्नुपर्ने, दैनिक प्रशासनिक, उपभोग्य सामान, औषधि उपचार र कृषिजन्य सामग्री खरिदविक्री गर्न आवतजावत गर्नेलाई शुल्क उठाउने कार्य बन्द गर्नुपर्ने र वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा वन्यजन्तुलाई असर पुग्ने कार्य गराउन नहुने मागपत्रमा उल्लेख छ।

ढाटलाई जिल्लाको सुरु वा अन्तिम स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्ने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी बताउँछन्। जिल्लाको महŒवपूर्ण कार्यालय भरतपुरमा रहेको र दैनिक सेवासुविधा दिन जानुपर्ने पूर्वी चितवनवासीले ढाटमा सवारी कर बुझाउनुपर्ने बाध्यता रहेको उनले बताए। प्रजिअ बस्नेतले एउटै जिल्ला भए पनि ढाटले दुई क्षेत्रमा विभाजन गरेकाले माग सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। ढाट सञ्चालनको जिम्मेवारी ब्रिटानिक मौलाकालिका कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले पाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App