१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामुदायिकमा भर्ना पाउनै मुस्किल

विराटनगर - प्रदेश १ कै उत्कृष्ट मानिने विराटनगरको पोखरिया माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रका लागि ४ सय विद्यार्थीको भर्ना आवेदन खुला ग¥यो। विद्यालयका भर्नाका लागि २ हजार २ सयभन्दा बढी विद्यार्थीको आवेदन प-यो। विद्यालयले शिक्षाको गुणस्तर सुधारेर एसइईमा पनि उत्कृष्ट नतिजा ल्याउन थालेपछि त्यहाँ बालबालिकालाई पढाउन चाहने अभिभावकको संख्या ह्वात्तै बढेको छ। संस्थागत विद्यालयको मह“गो शुल्कको मारमा परेका अभिभावक सुधार भएका सामुदायिक विद्यालयमा छोराछोरी पढाउन आकर्षित हुन थालेका छन्। भौतिक पूर्वाधार र शिक्षाको गुणस्तरमा सुधार गरेका कारण प्रदेश १ मै यो विद्यालय अब्बल मानिएको हो।

गत एस्इई नतिजामा मोरङका संस्थागत विद्यालयलाई समेत पछि पार्न यो विद्यालय सफल भयो। गत वर्ष पोखरियाले चार जिपिएको नतिजा ल्याएर विराटनगरका नाम चलेका संस्थागत विद्यालयलाई पछि पार्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई बताउ“छन्। उनले भने, ‘विराटनगरका नाम चलेका संस्थागत विद्यालयहरूले समेत ल्याउन नसकेको ४ जिपिए ग्रेड पोखरियाका विद्यार्थीले ल्याउन सफल भए।’ विद्यालयबाट ३ सय १२ जनाले एस्इई दिएकोमा शतप्रतिशत राम्रो नजितासहित पास भए। जसमध्ये एकजनाले चार जिपिए, सातजनाले तीन दशमलव नौ जिपिए र ८२ जनाले तीन दशमलब छ जिपिए ल्याएको जानकारी भट्टराईले दिए।

राजनीतिबाट प्रेरित नभई विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावक शिक्षाको गुणस्तर सुधारमा जुटे सामुदायिक विद्यालय संस्थागत विद्यालयभन्दा अब्बल बन्न सक्छन्।

एक दशक पहिले प्रधानाध्यापक भएका भट्टराईले विद्यालय शिक्षा सुधार्न अभियान चलाएका थिए। एक दशक पहिले विद्यालयमा विद्यार्थी अभाव थियो। तर, शिक्षामा सुधारपछि हाल प्रतिस्पर्धाका आधारमा विद्यार्थी भर्ना लिनुपर्ने भएको छ। भट्टराईकै नेतृत्वमा सुरू भएको सुधार अभियानले अहिले पोखरिया प्रदेश १ कै उत्कृष्ट र उदाहरणीय विद्यालय हुन सफल भएको छ। भट्टराईले भने, ‘पोखरिया मावि प्रदेशकै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट बनेको छ।’ विद्यालय शिक्षा सुधारमा व्यवस्थापन समिति, अभिभावक र शिक्षकको सहयोग अपरिहार्य रहेको भट्टराई बताउ“छन्।

‘सामुदायिक विद्यालय सुधार गर्न एक पक्षको प्रयासले मात्र हु“दैन’, उनले भने, ‘अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यालयका शिक्षकको सहयोग अपरिहार्य छ।’ विद्यालयले प्रोजेक्टरबाट पठनपाठन गर्दै आएको छ। तर, विद्यालयका लागि आवश्यक भवन अझै पनि अभाव रहेको भट्टराई बताउ“छन्। उनका अनुसार हाल विद्यालय परिसरमा ६ कट्ठा मात्रै जग्गा भएका कारण विद्यार्थी चाप अनुसार पूर्वाधार थप गर्न सक्ने अवस्था छैन। पोखरियामा पढ्न विराटनगर बाहिरबाट पनि विद्यार्थी आउँछन्। त्यस्ता विद्यार्थीका लागि छात्रावासको माग हुने थालेको छ। तर, थोरै जग्गा भएका कारण विद्यालयले छात्रावासलगायत पूर्वाधार थप गर्न सक्ने अवस्था नभएको उनले बताए। एक÷डेढ बिघा उपलब्ध भए पोखरिया माविलाई नेपालकै नमुना बनाउन सकिने भट्टराई बताउ“छन्।

पोखरिया मात्रै हैन, विराटनगरकै आदर्श माध्यमिक विद्यालयमा पनि सहजै भर्ना पाउन सकिँदैन। आदर्श विद्यालयले पनि चालु शैक्षिक सत्रका लागि ३ सय २६ जना विद्यार्थी भर्ना गर्न आवेदन माग्यो। तर, विद्यालयले हाह्वान गरेको संख्या भन्दा बढी विद्यार्थीले आवेदन दिए। मागेभन्दा बढी आवेदन परेपछि विद्यालयले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट ग¥यो। ‘३ सय २६ जना विद्यार्थीको कोटामा १ हजार ३ सय जनाले आवेदन दिएपछि परीक्षा नै लिएर विद्यार्थी छान्नुप¥यो’, आदर्श माविका प्रधानाध्यापक तुलसी दुलालले भने। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिबाट पठनपाठन, दक्ष जनशक्ति र भौतिक पूर्वाधारका कारण विद्यार्थीको आकर्षण बढेको दुलालले बताए। गत एस्इईमा शतप्रतिशत नतिजा ल्याउन विद्यालय सफल भएको जानकारी दुलालले दिए। विद्यालयले अंग्रेजी र नेपाली दुवै माध्ययममा पठनपाठन गर्दै आएको छ। विराटनगरकै सत्यनारायण मावि, गोग्राहा माविलगायत पनि गुणस्तर सुधार अभियानमा लागेका छन्।

प्रदेश १ को राजधानी विराटनगरका मात्रै हैन, बाहिरका सामुदायिक विद्यालय पनि शिक्षा सुधार अभियानमा लागेका छन्। झापाको दमकस्थित हिमालय माविले पनि शैक्षिक गुणस्तरमा सुधार गरेपछि विद्यार्थीको चाप बढेको छ। एउटै कक्षामा पनि ५÷६ वटासम्म सेक्सन सञ्चालन चलाउनुपरेको विद्यालयका शिक्षक वमप्रसाद आचार्यले बताए। भौतिक संरचना र शिक्षाको गुणस्तरमा सुधार भएपछि अभिभावकले पनि विद्यार्थी पढाउन थालेको आचार्य बताउ“छन्। उनले भने, ‘कुनै बेला विद्यार्थी अभाव झेलेको विद्यालयमा यतिबेला भर्ना हुन चाहने सबैले भर्ना पाउ“दैनन्।’ चालु शैक्षिक वर्ष २ सय ३५ जना विद्यार्थी भर्ना गर्न आवेदन मागेकोमा ८ सयभन्दा बढीले आवेदन दिए। कोटाभन्दा बढीले आवेदन दिएपछि परीक्षा लिएर छनोट गरेको आचार्यले बताए। राजनीतिबाट प्रेरित नभई विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरू र अभिभावक शिक्षाको गुणस्तर सुधारमा जुटे सामुदायिक विद्यालय संस्थागत विद्यालयभन्दा अब्बल हुनसक्ने आचार्य बताउ“छन्।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App