नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंग्यायो (नामसहित)

बिहिबार, ०२ जेठ २०७६, १८ : १५ नागरिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको छ। बिहिबार बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको हो।

पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले जनवर्गीय संगठन नेतृत्व टुंग्याएको नागरिकन्यूजसँग पुष्टि गरेका छन्। तर उनले कसले नेतृत्व पायो र एकतापछि संगठनकाे नाम भने भोलि मात्रै सार्वजनिक हुने बताएका छन्।

विद्यार्थीको ऐन महर, मजदुरको विनोद श्रेष्ठ र बुद्धिजिविको दिनेशचन्द्र देवकोटा संयोजक भएका छन्। त्यस्तै तत्कालिन नेकपा माओवादी केन्द्रले युवामा रामप्रसाद सापकोटा दीपशिखा, महिलामा अमृता थापामगर र पत्रकारको संयोजकमा महेश्वर दाहाललाई संयोजक बनाउने सहमति भएको नेकपाका एक सचिवालय सदस्यले नागरिक न्यूजलाई बताए।

पेशागत महासंघको संयोजकमा विश्वनाथ प्याकुरेल, प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी, जनसांस्कृतिक महासंघको संयोजक खगेन्द्र राई, दलितको संयोजक तिलक परियार, भूपू सुरक्षाकर्मी संगठनको संयोजक धनबहादुर चन्द र मुस्लिम संगठनको संयोजक महमद फरुकी हुने सहमति जुटेको छ।

त्यस्तै विद्यार्थीको सहसंयोजकमा माओवादीका रञ्जित तामाङ, युवाको सहसंयोजकमा एमालेका रमेश पौडेल, महिलाको सहसंयोजकमा एमालेकी सीता पौडेल, मजदुरको सहसंयोजकमा माओवादीका जगत सिंखडा, प्रेस संगठनको सहसंयोजकमा एमालेका गणेश बस्नेत र बद्धिजिवीको सहसंयोजकमा माओवादीका कृष्ण केसी हुने सहमति जुटेको छ।

प्रवासी नेपाली मञ्च भारतको सहसंयोजक ईश्वरी भण्डारी, पेशागत महासंघको सहसंयोजक दयाराम बस्याल, जनसांस्कृतिक महासंघको सहसंयोजक सरल सहायात्री र मुस्लिम संगठनको सहसंयोजक अत्तहर हुसेन फारुकी, दलितको सहसंयोजक ओमबहादुर विश्वकर्मा हुने सहमति जुटेको छ।

 

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad