१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

सुर्खेत- ‘लोग्ने मान्छे दिनभरी भट्टी बस्छन्, घरमा आएर श्रीमती कुट्छन्’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल समक्ष दुधा भण्डारीले भनिन्, ‘यहाँको सबैभन्दा ठूलो सत्रु रक्सी हो, यसलाई नियन्त्रण गरिदिनुभयो भने हाम्रा लागि तपाई भगवान हुनुहुने छ।’ दुधाको यो भनाई सिंगो तरंगाको प्रतिनिधि आवाज हो। यहाँका अधिकांस युवाहरु कालापहाड (भारत) जान्छन्। कालापहाडमा मजदूरी गरेर ल्याएको केही दिनमै मदिरामा सिध्याउँछन्।

मदिराकै कारण गाउँ अशान्त छ। महिलामाथि हुने हिंसाका घटना बढेका छन्। सडक सञ्जालले नछोएको भेरी नदी छेउको तरंगामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे पुग्दा धेरैले मदिराको विषय उठाए।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनताका गुनासा सुन्न पुगेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग गाउँलेहरुले मदिराले गाउँमा ठूलो समस्या निम्त्याएको बताए। ‘घरेलुसँगै बाह्य मदिराले समाज असान्त बन्दै गएको छ’ दुधाले दोहोर्‍याइन्, ‘मदिरा मात्रै नियन्त्रण भएमा धेरै सामाजिक विकृतिहरु समाधान हुने थिए।’ दुधाका

स्थानीय कल्पना विकले मदिरा नियन्त्रण भएमा धेरै समस्याको समाधान हुने बताइन्। ‘यहाँ अधिकांस घरमा घरेलु मदिरा उत्पादन हुन्छ, बाहिरबाट प्लाष्टीकका बोत्तलमा पनि मदिरा आउँछ’ उनले भनिन्, ‘हामीले मदिरा नियन्त्रणको धेरै प्रयास गरेपनि सफल हुन सकेका छैनौं।’

स्थानीयको गुनासोपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले स्थानीय तहसँग समन्वय गरेर मदिरा नियन्त्रण गरिने बताए। ‘दुर्गम गाउँमा मदिरा ठूलो समस्या बनेको पाइयो’ प्रजिअ पोखरेलले भने, ‘स्थानीय तहसँग सहकार्य गरेर यसलाई तत्कालै नियन्त्रण गछौं।’ उनले मदिरा नियन्त्रणका लागि महिलाहरु सक्रिय हुनुपर्ने बताए। ‘हामी तपाईहरुकै नेतृत्वमा मदिरा नियन्त्रण अभियान चलाउँछौं’ उनले भने, ‘तपाईहरुको साथ भएमा केही दिनभित्रै तरंगा मदिरामुक्त हुन्छ।’ उनले दुर्गम क्षेत्रका समस्याहरु सुन्न आफूहरु गाउँ आएको बताए। ‘यहाँ नागरिकता लगायतका अन्य समस्या पनि रहेको पाइयो’ उनले भने, ‘स्थानीय प्रशासनकातर्फबाट यि समस्या समाधान गर्न र जनतालाई सहज सेवा प्रवाह गर्न हामी तयार छौं।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख रजौरेले जिल्लाभर घरेलु मदिरा नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरिएको बताउँदै यसलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने बताए। ‘गाउँमा मदिराकै कारण महिला हिंसाका साथै सामाजिक विकृतिहरु बढेका छन्’ एसपी रजौरेले भने, ‘स्थानीय तहसँग सहकार्य गरेर यसलाई नियन्त्रण गछौं।’

 

प्रकाशित: २ जेष्ठ २०७६ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App