१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन भयो उद्योग मन्त्रालयमा मन्त्री र कर्मचारीबीच घम्साघम्सी ?

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको बिषयमा मन्त्री र नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कर्मचारीबीच घम्साघम्सी भएको छ। बुधबार दिउँसो कर्मचारी सरुवाको बिषयमा मन्त्री मातृका यादव र संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवाल नेतृत्वको टोलीबीच घम्साघम्सी भएको हो।

मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टका अनुसार मन्त्रीका नीजि सचिव प्रेम आर्चायसँग कांग्रेस निकट कर्मचारीहरुले टेबुल ठोक्दै विवाद गरेका थिए। निजी सचिवलाई गालीगलौजसँगै विवाद गर्न थालेपछि मन्त्री यादव आक्रोशित मुद्रामा आएका थिए। ‘सरुवामा कसैको नेतागिरी चल्दैन्’ उनले भने ‘तपाइँहरु संयमित हुनुस्।’ मन्त्रीले यसो भन्दा कांग्रेस निकट कर्मचारीहरु शाेभाकर रेग्मीलाई उद्योग विभागमा किन सरुवा गरेको भन्दै झन आक्रोशित बनेका थिए।

मन्त्रीका स्वकीय सचिव प्रेम आर्चायसँग सरुवाको बिषयमा कुराकानी गरिरहेको बेलामा एक्कासी मन्त्री आएर अभद्र व्यवहार गरेको कर्मचारी संघका उपाध्यक्ष अधिकारीले बताए। मन्त्रीले आस्थाका आधारमा अशोभनिय व्यवहार गरेको आरोप लगाए। उनका अनुसार गृह मन्त्रालयले कारवाहि गरेको कर्मचारी, जापान पढेर आएका कर्मचारी, लाभको ठाउँमा बसेका कर्मचारीलगायतलाई आस्थाका आधारमा सुविधा बढी पाउने ठाउँमा सरुवा गरेको उनले आरोप लगाए।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले मन्त्री कर्मचारीको अभिभावक भएकाले अशोभनिय व्यवहार गर्न नहुने बताउँदै कर्मचारी साथीहरु पनि संयमित भएर आफ्ना काम गर्नुपर्ने बताए।

 

प्रकाशित: १ जेष्ठ २०७६ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App