१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चरिकोट–काँकडभिट्टा बस सेवा सुरु

चरिकोटबाट काकडभिट्टा बसका चालकलाई चरिकोट सातदोबाटो चोकमा विदाई गर्दै रोल्वालिङका पदाधिकारी र ट्राफिकका प्रंहरीहरु । तस्बिरः नागरिक

दोलखा– जिल्ला सदरमुकाम चरिकोटबाट काँकडभिट्टासम्म सिधा बस सेवा शुरु भएको छ। राजधानीबाट सिन्धुपाल्चोक हुँदै, दोलखाका अधिकांश भुभाग र चरिकोटबाट रामेछाप, सिन्धुली हुँदै बर्दिबाससम्म यातायात सेवा सञ्चालन गर्दै आएको रोल्वालिङ यातायातले बुधबारबाट चरिकोटदेखि काँकडभिट्टासम्म बस सेवा सञ्चालन थालेको छ।

बुधबारबाट सेवा शुरु गर्ने पहिलो बस बा. ५.ख ५४०१ का चालक मञ्जिल खड्कालाई रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्य र जिल्लाका ट्राफिक प्रहरी प्रमुख चन्दमान तामाङलगातले खादा लगाएर काँकडभिट्टाका लागि विदाई गरे। बुधबारको पहिलो क्युले चरिकोटबाट काकडभिट्टाका लागि १८ जना यात्रु बोकेर छुटेको रोल्वालिङ यातायातको चरिकोट काउण्टरका कर्मचारी तिलक थापाले नागरिकन्यूजलाई जानकारी दिए।

चरिकोटदेखि काकडभिट्टासम्मको भाडा तत्कालका लागि ११ सय रुपैयाँ तोकेको रोल्वालिङ यातायातले वैज्ञानिक दरअनुसार छिट्टै भाडा कायम गर्ने बताएको छ।  ‘अहिले तत्कालका लागि सेवा शुरु गर्न ११ सय रुपैंया निर्धारण गरेका हौं’ रोल्वालिङका अध्यक्ष आचार्यले भने, ‘सरकार र यातायात महासंघले निर्धारण गरेको अनुसारको वैज्ञानिक भाडादर लागु गर्दा यो दर तल माथि हेरफेर समेत हुन सक्छ।’ हालका लागि चरिकोटबाट दैनिक २ बजे र काकडभिट्टाबाट चरिकोटका लागि दैनिक ३ बजे बस छुट्ने व्यवस्था समितिले गरेको छ।

यो बस सेवा सञ्चालन भएपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको दोलखामा दार्जिलिङ हुँदै भारतिय र पूर्वी नेपालका पर्यटक आउन अझ सहज हुने आशा जिल्लाबासीको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App