१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

युवा संघ र वाइसीएलको एकता केही घण्टाभित्र टुंगिन्छः विष्णु पौडेल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले तत्कालिन एमालेको भाृत संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाइसिएलबीच केही घण्टाभित्रै एकता हुने बताएका छन्। 

युवा संघको २९ औं स्थापना दिवसमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले जेठ ३ गतेभन्दा अगावै दुई संगठनबीच एकता हुने जानकारी दिए। ‘पार्टी एकता भएको जेठ ३ गते एक वर्ष पुग्दैछ। धेरै संगठनको एकता टुंगिए पनि युवा संघ र वाइसीएलको एकता बाँकी छ। यो एकता बाँकी छ भन्ने कुरा केही दिन, केही घण्टाको विषय हो। हामी छिट्टै नै एकता गर्दैछौं। सुसंगत विचार, सुदृढ संगठन र तमाम युवाहरुलाई नेतृत्व प्रदान गर्ने सशक्त संगठनका रुपमा एकतालाई अगाडि बढाउँछौं’, उनले भने।  

एकतापछि बन्ने संगठनले युवा आन्दोलनलाई नयाँ ढंगले हाँक्ने उनको भनाई छ। ‘पार्टी र सरकारसँग पुलको काम गर्ने छ। सिर्जनशील, अध्ययनशील र नैतिकवान बनाउने तथा युवालाई राष्ट्र निर्माणको अभियानमा संलग्न गराउने छ’, उनले भने। 

प्रकाशित: १ जेष्ठ २०७६ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App