१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाभियोग प्रस्तावका नाममा तीन दलले मुलुकप्रति षड्यन्त्र गरे: महताे

काठमाडौं–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलले महाभियोगका नाममा मुलुकप्रति षड्यन्त्र गरेको आरोप लगाएका छन्। मुलुकको मुख्य मुद्दालाई नै ओझेलमा पार्ने गरी प्रमुख तीन दलले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर बेमौसमको बाजा बजाएको महतोले टिप्पणी गरे।
सोमबार नानगरिकन्युजसँग कुरा गर्दै महताले भने, ‘ यो षड्यन्त्रको मुलुक हो। अहिले राष्ट्रिय मुद्दालाई ओझेलमा पार्ने गरी मुलुकलाई लोकमानमय बनाइएको छ।’
सरकारको पदाधिकारीलाई महाअभियोग लगाउने स्पष्ट व्यवस्था संविधानमा उल्लेख भएको भन्दै महतोले लोकमानलाई महाअभियोग लगाउने नाममा प्रमुख तीन दलले मुलुकका राष्ट्रिय समस्यालाई ओझेलमा पारको ओरोप लगाए। 

महतोले यतिबेला संविधान संशोधन, तथा कार्यान्वयनका विषयमा राष्ट्रव्यापी छलफल हुनुपर्ने बेला प्रमुख दलले षड्यन्त्रपूर्वक महाअभियोग प्रस्ताव ल्याएको बताए । ‘लोकमान रहेपनि नहरेपनि हामीलाई कुनै सरोकार छैन,’ महतोले भने,‘तर लोकमानको नाममा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउने गरी काम भइरहेको छ। त्यसप्रति हाम्रो असन्तुष्टि हो।’ ०७४ माघभित्र निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै महतोले त्यसकालागि पहिला संविधान संशोधन हुनुपर्ने बताए। ‘यतिबेला संविधान संशोधनका विषमया बहस हुने बेलामा सरकारको एकजना कर्मचारीमाथि बहश हुनु दुर्भाग्यपूर्ण हो,’ उनले भने।

अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउने विषयमा आफूहरुसँग कुनै छलफल नभएको भन्दै महाअभियोग सिफारिस समितिमा पनि मधेसी मोर्चाका कुनै सांसदलाई नराखेको भन्दै महतोले आपत्ति जनाए। ‘यस्तो महत्वपूर्ण विषयमा हामीसँग छलफल गर्नु पर्दैन?,’ उनले भने, ‘महाभियोग लगाउने विषयमा पनि हामीसँग छलफल गरिएन, महाभियोग सिफारिस समितिमा पनि मोर्चालाई सहभागी गराइएन। के हामी गुलाम हौं?’ उनले महाभियोग प्रस्ताव तीन दलको स्वार्थसँग जोडिएको आरोपसमेत लगाए।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App