१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै कीर्तिमान तोड्दै कामीरिताले बनाए 'नयाँ रेकर्ड'

फाइल तस्बिर

काठमाडौं - कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्।

 सोलुखुम्बुको थामे गाउँमा जन्मेका उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App