१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजबाट नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो

काठमाडौं – नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभ बुधबार (आज) देखि राजधानीमा हुँदैछ। नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियाको सहकार्यमा होटल याक एन्ड यतीमा एक्स्पो आयोजना हुन लागेको मंगलबार महासंघमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र नेपालमा उद्यमशीलता विकास गर्न विभिन्न विदेशी ब्रान्ड नेपाल भित्र्याउने कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ। दुई दिन चल्ने एक्स्पोमा थुपै्र अन्तर्राष्ट्रिय ब्रान्डको प्रदर्शनी हुनेछ। अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाइसकेका नेपाल र भारतका करिब ६० ब्रान्डको सहभागिता रहने बताइएको छ।

एक्स्पोमा रिटेल, शिक्षा, फिटनेस, फेसन, फुड र बिभरेज, रियल स्टेट तथा टेक्नोलोजी जस्ता ब्रान्डको सहभागिता रहने छ।
नेपालबाट अग्नि ग्रुप, टिवडेवाला ग्रुप, मेरो घर, सिटी ड्रिम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पस्मिना, शोभा नेपाल  र श्रीजयकाली जडीबुटी लगायत कम्पनीको सहभागिता रहने छ।

विशेष गरेर भारतीय ब्रान्डहरु नाइन किड्स, अमेरिकन स्कुल, वेस्ट सेलर, वाइक स्टुडियो, बम्बे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, युक्लिन लगायतको सहभागिता रहनेछ। कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले विदेशी ब्रान्डलाई नेपालमा आर्कषित गराए पुँजी विकासमा टेवा पुग्ने बताइन्। नेपालमा अहिले विदेशी ब्रान्डले राम्रो व्यापार गर्ने वातावरण रहेको भन्दै राणाले यस्ता कार्यक्रमबाट रोजगारी सिर्जना भई लगानीको विस्तारमा सहयोग पुग्ने बताइन्।

उद्यमशीलता र व्यावसायिक अवसरमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय ब्रान्डहरुसँग सहकार्य गर्न नेपाली ब्रान्डलाई सजिलो हुने आयोजकको अपेक्षा छ। कार्यक्रममा व्यवसायी र लगानीकर्ता गरी सयौंको  सहभागिता रहने  आयोजकको भनाइ छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App