७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

कालीकोटमा चहलपहल बढाउँदै देउवा पक्ष

नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै अधिवेशन  गतिविधि तीव्र गरेको  छ। 

कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीलाई  केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता कार्यकर्ताको चहलपहल बढेको हो। 

देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी १५ गतेदेखि पार्टीको वडा अधिवेशनको अभियानलाई लक्षित गर्दै आफ्‌ना गतिविधि  थालेको छ। 

कालीकोट जिल्ला संयोजकको जिम्मेवारी मात्रिका सिंहलाई दिइएको छ भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दमन शाहीले  पाएका छन्। 

केन्द्रीय प्रतिनिधि र जिल्ला संयोजकको जिम्मेवारी तोकिएसँगै देउवा पक्षका नेता कार्यकर्ताले जमघट तथा बैठक  थालेका छन्। 

मंगलवार देउवा पक्षले  वडातहमा जिल्ला  अधिवेशन  समिति गठन तथा वडा अधिवेशनको तयारीसमेत अघि बढाउन छलफल गरेको   जिल्ला संयोजक मात्रिका सिंहले बताए।  उनका अनुसार जिम्मेवारी पाएलगत्तै कालीकोटका सबै वडामा अधिवेशनको तयारी थालिएको छ। 

‘१५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर वडामा  समिति गठनलगायतका तयारी अघि बढाइएको छ।’ सिंहले  भने, ‘क्रियाशील सदस्यहरू पनि उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुने तयारी गरिरहेका छन्।’ 

कर्णालीका अन्य जिल्लामा समेत १५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर कांग्रेसभित्र गतिविधि बढेको छ। देउवा पक्षले जिल्ला संयोजक तथा केन्द्रबाट प्रतिनिधिहरु खटाएर संगठन परिचालन र अधिवेशन  तयारीलाई तीव्रता दिएको कांग्रेसका नेता धुृबबिक्रम शाहीले बताए। 

उनले यसअघि पार्टी सस्थापन (गगन पक्ष) संग कुनै पनि कार्यक्रममा सहभागी नभएका नेता कार्यकर्तासमेत पछिल्लो समय कांग्रेसको देउवा  पक्षसँग आबद्ध भएर प्रचारमा थालेको बताए।  

पछिल्लो समय कालीकोट कांग्रेसभित्र आगामी अधिवेशनलाई लिएर नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धाको वातावरण समेत बनाएको कांग्रेसका नेताहरू बताउँछन्।  

प्रकाशित: ७ आश्विन २०८३ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App