१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरका लागि जग्गा छुट्ट्याउँदै सेना

बारा - चैत १४े आएको विनाशकारी हावाहुरीबाट क्षतिग्रस्त भएका घरहरूको पुनर्निर्माणका लागि नेपाली सेनाले जग्गा छुट्याउन सुरु गरेको छ। सरकारले नेपाली सेनालाई जिम्मा दिएपछि वैशाख २१ गते पुनर्निर्माण कार्यको शिलान्यास गरिएको थियो।

पुनर्निर्माणको पहिलो चरणमा हुरीबाट भत्केका घरहरूको भाग्नावशेषहरू हटाएर जग्गाको रेखांकन गर्ने काममा सुरु गरिएको सैनिक अधिकारीले बताएका छन्। भाग्नावशेषहरूले गर्दा पीडित व्यक्तिहरूको जग्गा यकिन गर्न नसकिने अवस्था रहेकाले गर्दा त्यसलाई हटाउन सुरु गरिएको नेपाली सेनाका इन्जिनियर महेन्द्र सिजापति थापाले बताए।

‘खाली जग्गाहरू भएको भए अहिलेसम्म निर्माण गरिने घरहरूको जग खन्ने कार्य सुरु भइसक्थ्यो,’ जनता आवास कार्यदलका सदस्यसमेत रहेका इन्जिनियर थापाले भने, ‘जग्गामा रहेको भाग्नावशेषहरू नहटाएसम्म पुनर्निर्माणको काम अगाडि बढाउन सकिने अवस्था छैन्।’

वर्षाअघि नै क्षति भएका घरहरूको पुनर्निर्माणका लागि खाली भएको जग्गामा जग खन्नु भन्दा पहिला पीडितहरूसँग जग्गाको लालपुर्जा लिने र त्यसपछि मात्रै जग खन्ने कार्य सुरु गरिने आवास निर्माण कार्यमा समन्वय गरिरहेको कलैया उपमहानगरपालिका–१७ स्थित नेपाली सेनाको चन्दन गणका गणपति पारसविक्रम शाहले बताए। शाहका अनुसार पहिलो चरणमा एक महिनाभित्र सकिने गरी चार सय ८२ वटा घरहरूको लागि जग्गा यकिन गरी निर्माण कार्य आरम्भ गर्ने सेनाको योजना रहेको छ।

हावाहुरीपीडितका क्षति भएको घरहरूमध्ये सेनाले एक हजार तीन सय ६२ वटा मात्रै निर्माण गर्ने भएकाले एक हजार एक सय ३१ वटा घर त्यसै रहने अवस्था छ।

पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा पनि चार सय ८२ वटा घरहरू निर्माण गरिने र तेस्रो चरणमा बाँकी सबै गरी तीन महिनाभित्र एक हजार तीन सय ६२ वटा घर निर्माण गर्नेगरी जनशक्तिहरू परिचालन गरिएको उनले बताए। शाहका अनुसार सेनाले

हावाहुरीबाट पूर्णरूपमा क्षति भएका घरहरूको पुनर्निर्माण कार्य आगामी साउन अन्तिमसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ। हुरीपीडितका लागि निर्माण गर्न लागिएको घरमा दुईवटा कोठा, एउटा बरन्डा र एउटा बाथरुमको संरचना रहेको छ। निर्माणाधीन एउटा घरको निर्माण कार्यमा मूल्य अभिवृद्धि करसहित पाँच लाख ४५ हजार रुपैयाँ खर्च हुने नेपाली सेनाका इन्जिनियर थापाले बताए। विनाशकारी हावाहुरीबाट बाराका आठवटा स्थानीय तहका विभिन्न गाउँहरूमा गरी दुई हजार चार सय ९३ घरहरूमा क्षति पुगेको विवरण जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको थियो।

हावाहुरीपीडितका क्षति भएको घरहरूमध्ये सेनाले एक हजार तीन सय ६२ वटा मात्रै निर्माण गर्ने भएकाले एक हजार एक सय ३१ वटा घर त्यसै रहने अवस्था छ। हुरीबाट पूर्णरूपले क्षति भएको एक हजार तीन सय ६२ घरहरू पहिलो प्राथमिकतामा राखेर मात्रै निर्माण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ।

फेटा गाउँपालिकाको भलुही भरवलियामा एक सय ७४, पुरैनियामा ६८, कलैया उपमहागनरपालिकाको मनगढवामा एक सय ८८, धर्मनगरमा एक, फुलबरियामा १५, सुवर्ण गाउँपालिकाको हर्दियामा एक सय ४३, पशरामपुरमा ६५, औरहियामा २०, प्रसौनी गाउँपालिकाको खुटवामा एक सय ५६, महागढीमाई नगरपालिकाको तेलगाईमा ५७ , देवताल गाउँपालिकाको रामपूर्वामा ७७ ,पचरौता नगरपालिकाको बेनौलीमा २८, बैरियामा सात र परवानीपुर गाउँपालिकाको शिवपुर, रामटोल र बिर्ताटोलमा दुई सय ७२ गरी पहिलो चरणमा एक हजार तीन सय ६२ घर निर्माण कार्य अगाडि बढेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App