१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गर्ने तीनविरुद्द मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ।

तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर विक र तामेलदार प्राणनाथ कसजुले गलत कार्य गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

मोहीको लगतसम्बन्धी अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरी भ्रष्टाचार गरेको र नक्कली मोही बनी बाँडफाँटका लागि निवेदन दिने नागेश्वर राउत कुर्मीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए। रासस

प्रकाशित: ३१ वैशाख २०७६ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App