नेकपा रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ

मङ्गलबार, ३१ बैशाख २०७६, १२ : ५९ लोकेन्द्र खनाल

रुकुम - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम (पूर्व)का जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ। नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर)लाई रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका ३ मुलपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका कार्यकर्ताहरु केहि समयदेखि उक्त ठाउँमा लुकुछिपि रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा जिल्ला इन्चार्ज नकाललाई फेला पारेर पक्राउ गरिएको उनको भनाई छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलीले उनलाई मंगलबार बिहान करिब २ बजे पक्राउ गरेर ल्याएको प्रहरीको भनाई छ।

उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई अश्लिल गालिगलौज गर्दै हातपात गरि अभद्र ब्यवहार गरेको डिएसपी खड्काको भनाई छ। पक्राउ परेका जिल्ला इन्चार्ज नकाल विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए।

केहि दिन अघि मात्र प्रहरीले नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा र अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरालाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ। जिल्लामा सुरक्षा चुनौती नरहेको बताएपनि पछिल्लो समय धमाधम विप्लब नेकपाका नेताहरु पक्राउ पर्ने गरेका छन्। गाउँमा विभिन्न कार्यक्रम गरिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ। युवा संगठनका अध्यक्ष शर्मालाई पक्राउ गर्दा प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नु परेको थियो।







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad