१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बढ्यो कृतिको मूल्य

मुम्बई, वैशाख  – बलिउड अभिनेत्री कृति सेननको पछिल्लो रिलिज फिल्म ‘लुका छिपी’ले बक्स अफिसमा समिक्षात्मकसँगै व्यावसायिक रूपमा राम्रो सफलता पाएको थियो। यो फिल्मसँगै उनको गोजीमा अर्को एक ब्लकब्लष्टर फिल्म थपिएको थियो।

कृतिले नायक टाइगर श्राफसँग रोमान्स गर्दै फिल्म ‘हिरोपन्ती’बाट बलिउडमा ‘डेब्यू’ गरेकी हुन्। उनी सय करोडको व्यापार गर्ने फिल्म ‘दिलवाले’मा पनि बरुण धवनको जोडीका रूपमा अभिनय गरिन्। उनलाई अर्को फिल्म ‘बरेलीकी बर्फी’ले पनि सफलताको स्वाद चखायो।

यतिबेला फिल्म ‘लुका छिपा’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि कृतिलाई बक्स अफिसको रोजाईको नायिका मान्न थालिएको छ। जसको ट्रेक रेकर्ड निकै आशलाग्दो छ। कृतिको सफलताको गोजीमा यसअघि ‘पानीपत’, ‘अर्जुन पटियाला’ र ‘हाउसफुल ४’ फिल्म पनि छन्।

उनी अहिले बलिउडमा सबैभन्दा बढी बैंक ब्यालेन्स हुने महिला कलाकारको सूचीमा परेकी छन्। सायद यही कारणले कृतिले आफ्नो ट्रेक रेकर्ड र बढ्दो लोकप्रियतालाई देख्दै आफ्नो पारिश्रमिक दर पनि बढाएकी छन्। ‘बक्स अफिसको रोजाईमा पर्नु र लगातार सफल फिल्म दिनु कृतिका लागि एउटा सफलता हो।

अर्को सफलता चाहिँ उनी सुपरस्टार र नयाँ पुस्ताका कलाकारसँग पनि फिल्ममा सुहाउँदिलो हुनु हो’, कृति निकट स्रोतले भन्यो, ‘उनको स्वदेशी अवतारसँगै ग्ल्यामरस लुक्स पनि अर्को सुन्दर पक्ष हो। कृति अभिनयका अलावा नृत्यमा पनि सबैको रोजाईमा पर्छिन्। त्यही कारण पनि उनले पारिश्रमिक बढाउनु नयाँ कुरा होइन। किनकी अहिलेको समयमा जोकोही पनि कृतिमाथि लगानी गर्न हिचकिचाउँदैनन्।’

प्रकाशित: ३१ वैशाख २०७६ ०५:०७ मंगलबार

टाइगर_श्राफ कृति_सेनन लुका_छिपी