१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यादवमाथि दुर्व्यवहार भयो : समाजवादी पार्टी

फाइल तस्बिर

काठमाडौं – नवगठित समाजवादी पार्टी नेपालले पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनबाट आइतबार प्रशारण भएको लाइभ अन्तर्वार्ताका क्रममा दुर्व्यवहार भएको बताएको छ। यादवलाई पत्रकार आचार संहिताविपरीत प्रश्न सोधिएको र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति रहेको उसको भनाइ छ। पार्टीले उक्त घटनाको को निन्दा र भत्र्सना पनि गरेको छ।

पार्टीका उपमहासचिव प्रकाश अधिकारीले सोमबार विज्ञप्ति निकाल्दै उक्त घटनालाई लिएर उत्तेजितन नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति तथा आमकार्यकर्तालाई निर्देशन गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताको आचरणविपरीतका यस्ता प्रवृत्ति निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी, प्रेस काउन्सिलसहित मिडियालाई नियमनगर्ने पार्टीले आह्वान छ।’

उक्त घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणी भइरहेका छन्। यस विषयमा वरिष्ठ पत्रकारहरूले नै यादवलाई प्रश्न गर्ने पत्रकारको शैलीको आलोचना गरेका छन्। उनीहरूले पत्रकारिताको धर्मविपरीत सञ्चारकर्मी प्रस्तुत हुन नहुने बताएका छन्।

प्रकाशित: ३१ वैशाख २०७६ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App