१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१३ औं सागको लोगो सार्वजनिक

काठमाडाैं– १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरिएकाे छ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो। सो प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए। कलाकार भोलानाथ पौडेलले तयार पारेको सो लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ। लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ। मन्त्री विश्वकर्माले सो प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए।

सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिव ४ अर्व खर्च लाग्ने अनुमान पनि गरेको छ। करिव ४ अर्ब खर्च सो प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए। सो बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ।

सरकारले सो प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ। त्यस अन्तर्गत रहने गरी अरु पनि विभिन्न समिति गठन गरिएको र सो प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७६ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App