१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

परासी– पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ। रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो।

ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु१ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो। दुर्घटनामा परी पैदलयात्री सरावल–५ की नौ वर्षीय प्रिती यादवको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

यसैगरी रामग्राम–१२ कशिया चोकमा आज बिहान ११ बजेको समयमा परासीबाट भूमहीतर्फ एउटै दिशाबाट जाँदै गरेका दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको ज्यान गएको छ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका ना ३२ प ९०१३ र ना २९ प ५६४७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा ना २९ प ५६४७ नम्बरको मोटरसाइकलका चालक अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ। रासस

प्रकाशित: ३० वैशाख २०७६ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App