१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

काठमाडौं – बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेसन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयऔँ स्तरमा सूचीकृत भएको छ ।

सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो ।

सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्यांकका आधारमा विश्वविद्यालयको मूल्यांकन गरिएको र त्रिवि पहिलो पटक एसियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयले जनाएको छ । संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१–१००० औं विश्वविद्यालयको सूचीभित्र त्रिवि पर्न सफल भएको थियो । विश्वमा करीब ३० हजार विश्वविद्यालय छन् ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App