१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सहरालाई हराउँदै मोरङ सेमिफाइनलमा

चितवन- मोरङ फुटबल क्लब विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। चितवनको नारायणगढमा जारी प्रतियोगिताको आइतबार भएको पहिलो क्वार्टरफाइनलमा पोखराको साहारा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो।

मोरङलाई अन्तिम चारमा पुर्‍याउन कप्तान दीपक राई र मार्टिन अजइले एक एक गोल गरे। साहराका तर्फबाट सेगुनले एक गोल फर्काएका थिए। विभागीय टोली एपिएफलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा पुगेका थियो।

खेलको सुरुमा आक्रमक देखिए पनि साहारा विस्तारै शिथिल हुँदै गएको थियो। खेल सुरु भएको २१ औं मिनेटमा मोरङका कप्तान दीपकले पहिलो गोल गरेपछि साहारा दबावमा परेको थियो। साहाराका गोल किपर सन्देश गुरुङ अलमलमा परेको मौका छोपेर दीपकले गोल गर्ने अवसर पाएका थिए। उत्कृष्ट खेल पस्केका साहराका सुशिल लामालाई घेर्ने रणनीति मोरङका लागि लाभदायक भयो। तर, ३६ औं मिनेटमा सेगुनले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पुर्‍याइएका थिए। साहाराको तर्फबाट भएको एक मत्र गोलमा लामाको योगदान महत्वपुर्ण थियो। लामाले गोल पोष्टबाट देब्रे तर्फ रहेको कर्नर नजिकबाट गरेको लामो प्रहार पोष्टमा लागेर फर्केपछि मोरङको गोल किपर अलमलमा थिए। सोही बेलामा साहाराका अर्का खेलाडी सगुनले ढुक्कैसँग बललाई पोष्ट तर्फ धकेले। पोष्टको नेट चुम्न बललाई कुनै बाधा भएन।

बराबरी लामो समय रहेन। पहिलो हाफकै इन्जुरी समयमा मार्टिन अजइले गोल थपे र खेलको निर्णायक त्यहि गोल बन्यो।

मध्यान्तरपछि दुवै टिमले आक्रमक खेल पस्किए पनि कुनै गोल हुन सकेन। साहराको रक्षा पंक्तिमा देखा परेको कमजोरीको फाइदा मोरङले पुग्यो। अघिल्लो खेलमा साहाराका गोलकिपर किपर सन्देश सशक्त देखिएका थिए। तर रक्षा पंक्तिको बलियो पहरा पाउन नसक्दा उनी मात्रैले जित दिलाउन सकेनन्। सहाराका सुशिल लामा खेलको म्यान अफ दी म्याच बने र १० हजार रुपैयाँ प्राप्त गरे।

खेल जितेको मोरङका दुई खेलाडीले पहेलो कार्ड पाएका छन्। टिमलाई जित दिलाउन महत्वपुर्ण गोल गरेका मार्टिन र जर्सी नम्बर तीनका खेलाडी विदुर रिजालले पहेलो कार्ड खाएका छन्।

प्रतियोगितामा सोमबार स्थानीय चितवन ११ र मनाङ मर्स्याङ्दीबीच प्रतिर्स्धा हुनेछ।  प्रतियोगिताको फाइनल कात्तिक १४ गते हुने छ। विकास रनिङ शिल्ड समितिले चितवनमा विस २०३१ सालदेखि विकास रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ। प्रतियोगिताको विजेता टिमले रनिङ्ग शिल्डसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ८ कार्तिक २०७३ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App