१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल प्रहरीमा थप दुई ब्यूरो स्थापना

काठमाडाैं- पछिल्लो समय देशैभर बढिरहेको सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखनको घटनालाई लक्षित गरी नेपाल प्रहरीमा थपदुईवटा ब्यूरो स्थापना भएको छ। साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना भएको हो। साइबर अनुसन्धान ब्यूरो भोटाहिटीमा स्थापना भएको हो भने मानव बेचबिखन ब्यूरोको स्थापना बबरमहलमा भएको हो।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेको थियो। गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्ने भएका छन् ।

हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन ब्यूरोमा ६० दरबन्दी रहनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार साइबर अनुसन्धान ब्यूरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक डिआइजी र मानव बेचबिखन ब्यूरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने छन्।

यसअघि सरकारले लागुऔषध नियन्त्रण र जघन्य अपराधको अनुसान्धानको लागि लागुऔषध नियन्त्रण ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोको स्थापना गरेको थियो।

प्रकाशित: २८ वैशाख २०७६ १५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App