१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपेक्षा गरिएकाे भन्दै आन्दाेलन थाल्ने आदिवासी जनजातिकाे चेतावनी

बुटवल - लक्षित वर्गको बजेट खर्चमा तिलोत्तमा नगरपालिका उदासीन भएको भन्दै सरोकारवालाहरूले त्यसको विरोध गरेका छन्।

नगरपरिषद्बाट आदिवासी जनजातिलाई छुट्याइएको बजेट आर्थिक वर्ष सकिन लाग्दा पनि खर्च हुन नसकेको भन्दै आदिवासी जनजाति महासंघ तिलोत्तमामा विरोधमै उत्रिएको छ।

महासंघले शनिबार मणिग्राममा पत्रकार सम्मेलन गर्दै आदिवासी उत्थान र विकासमा नगरपालिकाले चासो नदेखाएको आरोप लगाएको छ।

आदिवासीको नाममा आएको बजेटसमेत लुकाएर राखेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रने उसले चेतावनीसमेत दिएको छ।

नगरपरिषदबाट आदिवासी जनजातिको नाममा छुट्याइएको ४० लाख बजेट खर्च हुन नसकेको महासंघका नगर कमिटीअध्यक्ष धनश्याम थापा (शंकर)ले बताए।

विनियोजित बजेट नगरपालिका आफूले पनि खर्च गर्न नसकेको र  लक्षित वर्गका संघसंस्थालाई पनि कुनै कार्यक्रम गर्न नदिइएको थापाले गुनासो गरे। नगरभित्र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण काम गर्न सकिने भए पनि राजनीतिक दाउपेचमा जनजातिलाई उपेक्षा गरिएको नगरका आदिवासी जनजाति अगुवाहरूले बताएका छन्।

साथै महासंघले चरणबद्ध आन्दोलन गर्ने कार्यक्रम भएकाे पनि जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७६ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App