१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सुनिल र एन्जिलाको ‘ताराबाजी लै लै’(भिडियो)

काठमाडौं– गायक सुनिल कटुवाल र गायिका एन्जिलाको रेग्मीको युगल स्वरमा ‘तारा बाजी लै लै’ बोलको नयाँ गीत बजारमा आएको छ।

गीतमा शब्द र संगीत भिम विसीको छ। शैलेन्द्र एम. प्रधानले म्यूजिक एरेन्ज गरेको गीतको भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन्। भिडियोमा कवितालाई प्रदिप लामा एन्ड द नेक्स्ड डान्स क्रुसँग नृत्य गरेको देख्न सकिन्छ।

पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदिप र प्रमोद भण्डारी मिलेर गरेका छन् । भिडियो निर्देशन भने प्रदिपकै छ ।

यसअघि सुनिलले एन्जिलासँगै मिलेर ‘कपुरी क’ बोलको गीत बजारमा ल्याएका थिए । ‘गीत डान्सिङ फ्लेबरको छ । आशा छ, ‘कपुरी क’ जस्तै माया पाउनेछु,’ सुनिलले भने।

 

प्रकाशित: २८ वैशाख २०७६ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App