१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

भक्तपुरका किसानले गरे दिगु पूजा

भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा  गरिएको छ। यहाँका अधिकांश किसान परिवारले यो पूजा गरेका हुन्।

यहाँका स्थानीयले यो पूजा दुई दिन छुट्टाछुट्टै रूपमा गर्छन्। प्रजापति, कवां, सिल्पकार समुदायले अक्षय तृतीयामा र किसानहरूले तीन दिनपछि यो पूजा गर्छन्। यो पूजामा बोकाको बलि दिने गरिन्छ।

स्थानीय तुल्सीराम कोजूले दिगु पूजाका अवसरमा आफ्ना कूल परिवारसँग भोज खाने योजना बनाएको बताए। ‘यो पूजामा कूल परिवारका  प्रायः सबै जना जमघट हुने भएकाले रमाइलो हुन्छ,’ उनले भने। पूजाका अवसरमा कूल परिवारका ५० जना एकै ठाउँमा भोज खाने गरेको उनले बताए।

अर्का स्थानीय पुण्यराम कासुलाले दिगु पूजामा कूल परिवारसँग भेट्न पाइने भएकाले रमाइलो हुने बताए। संस्कृतिविद् ओम धौभडेल दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको बताउँछन्। ‘अरु बेला केटीले पूजा गर्छन्। तर, यसमा घरको मूल पुरुषले बेलविवाह गरेको छोरीको पूजा गर्छन्,’ उनले भने। 

पूजाका अवसरमा बिहीबार स्थानीय बिदा दिइएको थियो। भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेका छन्।

प्रकाशित: २७ वैशाख २०७६ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App