१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिस नेपालको उपाधि श्रेष्ठलाई

काठमाडौं - यस वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।  बिहीबार द हिडेन ट्रेजरले कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यमिक विद्यालयको ग्राउन्डमा आयोजना गरेको २५ औं संस्करणको मिस नेपाल–२०१९ को फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधि उनले जितेकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’ शृङ्खला खतिवडाले ताज पहिराएकी हुन्।

यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्। मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन्।

प्रकाशित: २७ वैशाख २०७६ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App