२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोर्चाको अवराेधले स्थानीय तह संरचनासम्बन्धी कार्यशाला स्थगित

बारा– मधेसी मोर्चाको विरोधले बारामा आइतबार आयोजना गरिएको स्थानीय तह सम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना विषय कार्यशाला गोष्ठी स्थगित भएको छ।

जिल्ला विकास समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ र गाविस राष्ट्रिय महासंघको संयुक्त आयोजना जिल्ला विकास समिति बाराको सभाहलमा भइरहेको गेष्ठीमा मधेशी मोर्चाका जिल्ला स्तरीय नेताहरुले राज्य संरचनाको विवाद चलि रहेको र तराई मधेशको जिल्लाहरुमा तोक्न लागिएको स्थानीय निकायको संख्या कम भएको भन्दै कार्यक्रमहरु गर्न नदिने बताए पछि कार्यक्रम स्थगित भएको हो।

स्थानीय तह पुनःसंरचना आयोगका प्रतिनिधि माधव अधिकारी, संसद एव् केन्द्रबाट महासंघका सदस्य भरतबहादुर खड्का, सचिव शेषरमण न्यौपाने लगायतका ५ सदस्यि केन्द्रिय टोली कलैया आएको स्थानिय विकास अधिकारी भरतबहादुर ढुंगाना बताए।

गोष्ठीको अध्यक्षता गरेका स्थानीय विकास अधिकारी ढुंगानाले राज्य पुनः संरचनामा देखिएको विवाद मिलेपछि मात्रै जिल्लामा स्थानीय निकायको संरचनाको बारेमा मात्रै छलफल गर्ने सहमतिपछि गोष्ठीलाई स्थगित गरिएको बताएका छन्।

प्रकाशित: ७ कार्तिक २०७३ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App