१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सेटलाइट मेघासिटी विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं-  सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेघासिटी निर्माण गर्न आग्रह गरेको छ।

टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेट गरी बृहत र एकीकृत सेटलाइट मेघासिटीको प्रस्ताव अघि सारेको हो। प्रस्तावमा काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत विकास र सेटलाइट मेघासिटीका रुपमा विकास गर्न, महाभारत पर्वतमालामा पर्यटन चक्रपथ र त्यसको बेसीमा पर्यटन नगर विकास गर्न, भूकम्पको पूनर्निर्माण र नवनिर्माणका लागि उपत्यकाबाट महाअभियान घोषणा गर्न, राजधानी विकास बोर्डको गठन गर्न, विश्व रिसर्च सेन्टर र पर्यटन विश्वविद्यालय स्थापना गर्न, राष्ट्रव्यापी होमस्टे निर्माणको थालनी गर्न र यी सबै प्रयोजनका लागि आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत र व्यवस्थित विकास आवश्यक रहेकोमा जोड दिँदै भने, ‘राजधानीको व्यवस्थित विकासका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बृहत योजना र एकीकृत विकास आवश्यक छ। यसबारे मैले पहिलेदेखि नै चासो राख्दै आएको छु। तपाईहरुले प्रस्तुत गरेको अवधारणा मौलिक र नयाँ पनि छ। सबै पक्षसँग बृहत अन्तरक्रिया गरेर अगाडि बढ्नुस्, सरकार सकारात्मक सहयोगका लागि सधैं तयार छ।’

 

 

प्रकाशित: ७ कार्तिक २०७३ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App