१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निक्षेप आकर्षण गर्न सुनचाँदी उपहार दिन नपाइने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप आकर्षित गर्न कुनै उपहार दिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

बैंक तथा वित्रीय संस्थाले उपहार दिएर निक्षेप आकर्षण गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले लगानीयोग्ग्य पुँजी अभावका कारण ठूला परियोजनामा कर्जा प्रवाह गर्न नसक्दा समस्या आएको छ।

बैंकहरूले धेरै ब्याज तिरेर निक्षेप संकलन गर्न नपाउने भद्र सहमति गरेपछि उपहार दिएर निक्षेप संकलन गर्न थालेपछि राष्ट्र बैंकले लगाम लगाएको हो। राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरेर ‘ अब निक्षेप आकर्षणमा उपहार दिन प्रतिबन्ध लगाएको हो।

केही बैंकलेसुनचाँदीका सिक्का, कारलगयाका उपहार दिएर ठूलो निक्षेप आफ्नो बैंकमा आकर्षण गर्ने परिपाठीको अन्त्य गर्न राष्ट्र बैंकले यो निर्णय गरेको हो।

यसैबीच राष्ट्र बैंकले ब्याज अनुदान लिने भूकम्प पीडितको परिभाषा पनि परिवर्तन गरेको छ। नयाँ परिभाषा अनुसार भूकम्प पीडित भन्नाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास पुनर्निर्माण वा प्रवलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेका वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास पुनर्निर्माण वा प्रवलीकरण गर्न नसकेका भूकम्पपीडित लाभग्राही सम्झनु पर्नेछ।

भूकम्पपीडितले अन्यतिरको सम्पत्ति धितो राखेर भूकम्पपीडित कर्जा लिन आउने छैनन्। राष्ट्र बैंकले भुकम्प पीडितले राख्ने धितोलाई पनि ब्याख्या गरेको छ। धितो भन्नाले पीडितको निजी आवास पुनर्निर्माण वा प्रवलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिइ निर्माण गर्ने वा गरेको घर तथा त्यो घरले चर्चेको जग्गालाई सम्झनु पर्नेछ।

प्रकाशित: २६ वैशाख २०७६ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App