१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कस्तो वैकल्पिक शक्ति ?

अन्ततः गोरखाली पंण्डित बाबुराम भट्टराईले गहुँत छर्केर मधेसी, आदिवासी, जनजाति,दलित र मुस्लिम याने यादव,राई, किराँत,कामी, शेर्पा, नेवार इत्यादिलाई वैतरणी पार गराउँदै ‘समाजवादी’ बनाए।कथित त्रेतायुगका आदर्श राजा श्रीराम भक्त बाबुराम तथाकथित‘रामराज्य’का व्याख्याता हुन्।तत्कालीन रामराज्यमा मूल धार्मिक कानुन मनुस्मृतिबमोजिम शूद्रलाई वेद पढ्ने अधिकार नभएका कारण राजा श्रीरामले शूद्र शम्बूकको हत्या गरेको कथाले पंण्डित बाबुरामलाई त रोमाञ्चित नै बनाउँदो हो,विचरा उनका शूद्र कार्यकर्ता पनि उनकै लयमा रामराज्यको कल्पनामा मुग्ध छन्।

देशको प्रधानमन्त्री भएका बेला दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएकोलगायत उनको जाति बाहुनलाई मन नपर्ने कतिपय विवादित निर्णयका कारण आफ्नै स्वजातीयहरूको साथ र सहयोग प्राप्त नभएको कुरा गहिरो गरीमनन गर्दै आत्मग्लानिस्वरूप उनले केही दिनअघि पश्चिम नेपाल पुगेर दौरा–सुरुवाल पहिरिएर सच्चिएको जनाउ दिए।सोही सुअवसरमा प्रा. लोकराज बरालले एक पत्रिकामा लेखमार्पmत् अब बाबुरामको कुराको सुनुवाइ हुनुपर्ने भनी सकारात्मक टिप्पणी गरे।यद्यपि बाबुरामले कम्युनिस्ट या माओवादी विचार,सिद्धान्त र धार त्यागेर समाजवादी बनेको धोषणा गरे तापनि जनयुद्ध गलत थियो भनी १७ हजारको ज्यान लिने सशस्त्र युद्धको एक नेतृत्वकर्ता भएकामा आत्मग्लानि या सार्वजनिक क्षमायाचनागरेको भने अझै ज्ञात छैन।

सरकारको नीति तथा कार्यक्रमले ओली नेतृत्वको अक्षमता, निकम्मापन र अयोग्यताको थप प्रमाण दिएको छ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्दा‘मेरो सरकार’भनेसँगै राष्ट्रपति विद्या भण्डारीको विवादित छवि झनै विवादमा फस्न पुगेको छ।त्यतिमात्रै होइन, सरकारको नीति तथा कार्यक्रमले ओली नेतृत्वको अक्षमता,निकम्मापन र अयोग्यताको थप प्रमाण दिएको छ।उता नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेर अस्तित्व गुमाउने अवस्थामा छ।यी तीन राजनीतिक शक्ति,राष्ट्रका प्रमुख समस्या र जटिलता साथै समाधानका उपाय सम्बन्धमा यो लेख केन्द्रित हुनेछ।

राजनीतिका तीन प्रवृत्ति
हिन्दुत्ववाद र माक्र्सवादको ‘कक्टेल’वर्तमान नेपाली समाजको प्रमुख समस्या हो।किनभने धर्मलाई अफिम भन्ने मान्यता राख्ने कतिपय कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता कट्टर हिन्दुमात्रै होइन, भित्रभित्रै हिन्दु जागरण अभियानमा समेत सक्रिय छन्।अझै विशाल भ्रम ‘हिन्दु धर्ममा जातीय विभेद र छुवाछूत छैन’भन्ने हो।त्यसो भए जातीय र लैंगिक विभेद कहाँबाट आयो त ?समस्यालाई स्वीकार्दै समाधान खोज्ने हिम्मत राखे परिवर्तन होला।धर्मको पनि अस्तित्व बाँच्ला अन्यथा ढाकछोप र भ्रम सिर्जना गर्नेका कारण विश्वबाट हिन्दु धर्म समाप्त हुने विश्चित छ।समस्या छोपेर वस्त्र फेर्दैमा समाधान निस्किँदैन बरु समस्या पत्ता लगाइ त्यसको निदान खोज्नु उपयुक्त हुन्छ।

माओवादी जनयुद्ध चरमोत्कर्षमा पुगेको समयमा क्रान्तिलाई ‘फाँसीवादी’ र उग्रवामपन्थी मात्रै होइन, ‘रगत त महिनावारी भएकी महिलाको पनि बग्छ,त्यो पनि के क्रान्ति हो र ?’भनी टिप्पणी गर्ने तत्कालीन ‘एकता केन्द्र’का नेताहरू अझै जीवितै छन्।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमात्रै होइन, विश्वभक्त दुलाल‘आहुति’को बुझाइ पनि त्यस्तै थियो।जनक्रान्तिको कडा विरोधमा आहुतिद्वारा लिखित लेख÷रचना अझै भेटिन्छन्।कतिपय व्यक्ति आहुतिले बोलेका, लेखेका सबै अमृतवाणी नै ठान्छन् तथापि उनको दलमा लाग्न भने कोही तयार देखिएनन्।

शास्त्रीय माक्र्सवादी,जनवादी र साम्यवादी क्रान्तिको पक्षमा उभिएका आहुतिले अब स्पष्ट गर्नैपर्नेछ– उत्पीडित समुदाय,बहुजन समुदायले मतको राजनीतिमा सत्ताको बागडोर सम्हाल्न नसक्ने कुनै कारण छ ? हाम्रो समस्या वर्ग संघर्ष होइन,वर्णवाद प्रधान हो। संसारमा वर्गविहीन व्यवस्था कहीँ÷कतै लागु भएन, माक्र्स÷लेनिनका पुस्तकमा बाहेक।विश्वका विश्वविद्यालयका कक्षाकोठाहरू र पुस्तकालयमा थन्किन पुगेको शास्त्रीय माक्र्सवाद नेपालमा लागु गरी समानता ल्याउने सपना देख्ने र त्यही सपना बाँड्ने आहुतिहरू अब लोकतान्त्रिक विपनामा ब्युँझन जरुरी छ। अन्यथा वर्ग संघर्ष,बल प्रयोग,पुनःजनयुद्धमा होमिनका लागि त नेत्रविक्रम चन्दलगायत क्रान्तिकारी समूह छँदैछन्, आहुतिकै मुख किन ताक्नुप¥यो र ?अम्बेडकरवादको विरोध गर्नुको सट्टा त्यसलाई लागु गर्न ध्यान जानसके मात्रै उनको नेतृत्व स्थापित हुनेछ र त्यो सही मार्ग पनि हो।

शासनका नाउँमा सम्पूर्ण तराई–मधेसबाट निहत्था र निर्दोष पहाड मूलका जनतालाई बिनाअपराध लखेट्न उर्दी जारी गर्ने, दंगामच्चाउने, साम्प्रदायिक, क्षेत्रीयवादी, कुण्ठा बोकेर मधेसको ‘नव क्षत्री’ उपमा प्राप्त उपेन्द्र यादव र पं.बाबुरामको जोडा नेतृत्व राष्ट्रकै वैकल्पिक दल बन्न सम्भव छैन।

कतिपय बठ्याइँपूर्वक भन्ने गर्छन्–तपाईँ त दलित,जन्मजात कम्युनिस्ट !मेरो प्रश्न छ–म कसरी कम्युनिस्ट ?मेरो समस्या माक्र्सले भनेजस्तो वर्गवाद,सामन्तवाद, मजदूर र मालिकबीचको द्वन्द्व हँुदै होइन। मेरो समस्या त ‘वर्णाश्रम हिन्दु अतिवाद’ द्वारा लादिएको जात व्यवस्था पो हो।असमानता र असमावेशीकरण हो।यो समस्या ब्राह्मण धर्मका कारण सिर्जित हो,वर्ग (अर्थ) या धनाढ्य मालिकका कारण होइन। साथीहरू भन्ने गर्थे–कुनै नामको अगाडि नेकपा थपेर एउटा राजनीतिक पार्टी निर्माण गरौँ न। प्लास्टिकबाट विभिन्न सामान निर्माण गर्ने कम्पनीमा फोहोर प्लास्टिक सफा गर्ने काम गरी जीवन निर्वाह गर्ने सामान्य हैसियत भएका व्यक्ति राजनीति गरेकै भरमा केही दशकभित्रै काठमाडौँँ जस्तो महँगो सहरमा आलिसान महल ठड्याउन सफल हुने र सरकारको महŒवपूर्ण जमिन अवैधानिक ढंगले कब्जा गरेको देखेपछि स्पष्ट हुन्छ,मेरा साथीले पार्टीको अघिल्तिर किन नेकपा नझुण्डाइ नहुने जिद्दी कसे भनेर।सत्तासीन नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको बालुवाटार काण्ड,दाहालको सम्पत्ति,सरकारका भ्रष्टाचारका अनेक काण्डपछि थाहा हुनुपर्ने हो,कम्युनिस्ट हुनुको अर्थ। यद्यपि यिनीहरू नक्कली हुन् तर आफूहरू सही र सक्कली कम्युनिस्ट भएको झुटको राजनीति गर्ने कार्य अझै समाप्त भएको कहाँ छ र ?कम्युनिस्टको नाममा धुत्र्याइँको राजनीति हाम्रो देशको अर्को जटिल समस्या हो।

वैकल्पिक शक्ति निर्माण
मेरा पुराना वामपन्थी एक मित्र भन्नुहुन्छ–म जतिबेलासम्म कम्युनिस्ट पार्टीको सक्रिय कार्यकर्ता थिएँ त्यतिबेला भन्दै आएको सामन्तवाद,पुँजीवाद,क्रान्ति,समाजवाद,साम्यवाद, बुर्जुवा इत्यादि शब्दको अर्थ नै थाहा थिएन।पछि जागिरे जीवनमा फुर्सदमा अध्ययन गरेपछि मात्रै यी शब्दबारे बुझँे। हामीकहाँको हुन् कम्युनिस्ट, त्यसको उद्देश्य,उपादेयता के हो भनी कहिल्यै सवाल उठाइएन,बरु माक्र्सवाद घोक्न सिकाइयो।कम्युनिस्टका जार्गन (शब्दजाल),नबुझिने भाषा र शब्दमा भ्रमित तुल्याइयो र भनियो– कम्युनिस्ट हुनुमात्रै प्रगतिशील,अग्रगामी, सभ्य र सर्वज्ञाता हुनु हो।अशिक्षा,रुढीवाद,अन्धविश्वास, असमानता, विभेद, अत्याचार र अन्यायले राज गरेको मुलुकमा क्रान्ति र मुक्तिको सपना देखाएर शासन गरे, जातिवादी कथित कम्युनिस्टहरूले।

२०२८ सालमा झापा विद्रोहबाट उदाएका केपी ओली र १० वर्षे सशस्त्र जनयुद्धका नेता पुष्पकमल दाहाल नेतृत्वको शासन अब असफल भइसक्यो।भ्रष्टाचार,बेथिति,कुशासन, जवाफदेहीविहीनता, योजनाविहीनता,जातिवाद,नाता÷कृपावाद र सत्तामोहका कारण ओली सरकार र नेकपा असफल बन्न पुगे।जातीय,क्षेत्रीय,साम्प्रदायिक,धार्मिक र वर्गीय द्वन्द्व भित्रभित्रै चर्किदै गइरहेको छ। असन्तुष्टि,बेरोजगारी,विभेद,अत्याचार,दण्डहीनता, जनआक्रोश र संविधानको उल्लंघन बढेर गएको छ।त्यसैले लोकतन्त्रमा सक्षम र सशक्त वैकल्पिक राजनीतिक दलको खोजी हुन थालिसकेको छ।सवाल उठ्छ– कस्तो वैकल्पिक दल निर्माण गर्ने ?जनता र देशको चाहना÷आवश्यकता के हो ?यी सवालका जवाफ नखोजी सही ठाउँमा पुगिन्न।

एकल जातिवाद,पहाडे,पुरुष, एक धर्म हिन्दु आदिको सशक्त विकल्प हो–‘बहुजातीय लोकतान्त्रिक समाजवाद।’ हुन त कतिपय स्वार्थी तŒव यसलाई पनि बाहुनवादका विरुद्ध अर्को जातिवादमा प्रयोग गर्ने चाहना राख्लान्।तथापि त्यस्तो सपना देख्नु दुई कारणले घातक छन्।एक–एउटा जातिवादको अन्त्य अर्को जातिवाद स्थापनाको निम्ति हुन सक्दैन।दुई–एकलवादको विकल्प बहुलता,बहुजातीय अस्तित्व, समानता र हिस्सेदारीमात्रै हुन सक्छ।एउटा अतिवादको विकल्प अर्को नामको अतिवाद हुनै सक्दैन।स्वतःस्पूmर्त आदिवासी–जनजातिको नेतृत्व अन्य उत्पीडित वर्ग÷समुदायले स्वीकार गर्ने त्यस्तै दलितलगायत उत्पीडित समुदायको नेतृत्व जनजाति र अरु समुदायले स्वीकार्न सक्नुपर्छ।त्यसपछि विस्तारै हालको एक जातिको नेतृत्व बिस्थापन हुन पुग्छ।किनभने दलित समुदायले अन्यको नेतृत्व सहजरूपमा स्वीकार्दै आइरहेको भए तापनि दलितको नेतृत्व हालसम्म अन्य समुदायबाट स्वीकारिएको छैन।समानताका लागि नेतृत्व स्वीकार गर्नु महरूवपूर्ण सर्त हो। हाम्रो संविधानले बहुलतालाई स्वीकार गर्नु जायज छ।शब्दमा विविधता,बहुलता,भिन्नता छ भनिए तापनि त्यस्तो बहुलताको शासन÷प्रशासनमा बराबरी अधिकार स्थापित भने गरिएको छैन।यो बिडम्वना हो।बहुलता स्वीकारिनुको तात्पर्य ती समुदायलाई समानुपातिक अधिकार दिनु हो।त्यतिमात्रै होइन, उनीहरूका भाषा,धर्म,संस्कृति,मूल्य र मान्यतालाई राष्ट्रियकरण गरिनु पनि हो।

शासनका नाउँमा सम्पूर्ण तराई–मधेसबाट निहत्था र निर्दोष पहाड मूलका जनतालाई बिनाअपराध लखेट्न उर्दी जारी गर्ने, दंगा मच्चाउने,साम्प्रदायिक,क्षेत्रीयवादी,कुण्ठा बोकेर मधेसको ‘नव क्षत्री’ उपमा प्राप्त उपेन्द्र यादव र पं.बाबुरामको जोडा नेतृत्व राष्ट्रकै वैकल्पिक दल बन्न सम्भव छैन।वास्तविक उत्पीडनमा पारिएका समुदायको नेतृत्वमा सार्थक प्रयास गर्न सकेमात्रै सशक्त वैकल्पिक शक्ति निर्माण गर्न सकिन्छ। त्यसतर्फ पहलसमेत भइरहेका छन्। प्रतीक्षा गरौँ,निकट भविष्यमा नै परिणाम देखिने  सम्भावना छ।

प्रकाशित: २६ वैशाख २०७६ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App