१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिहार लक्षित गोदावरी फूल मेलाको तयारी पूरा

काठमाडौं– फ्लोरिकल्चर एसोशिएसन नेपाल(फ्यान)को आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पूरा भएको जनाइएको छ।

ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिनसम्म चल्ने उक्त १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पूरा भइसकेको फ्यान आइतबार आयोजित पत्रकार सम्मेलनमा फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिए।  

दिपावली तथा छठ पर्व लक्षित गोदावरी मेलामा प्रतिस्पर्धात्मक, सूचनामूलक तथा व्यवसायिक स्टल गरी ४२ वटा स्टल रहने संयोजक तिमिल्सिना बताए। मेलामा ब्यबसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचना मुलक स्टल ३ वटा रहेने बताइएको छ।  

मेलामा सहभागी व्यवसायीबीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिने बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रतिस्पर्धाले व्यव्सायीलाई हौसला प्रदान गर्ने र पुरस्कारले सम्मान दिलाउने बताए।  

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मुल नाराका साथ यस वर्ष गोदावरी फूल मेला आयोजना गर्न लागेको फ्यानले जनाएको छ।

कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब डा. रुद्र बहादुर श्रेष्ठले पुष्प क्षेत्रमा आयात प्रतिस्थापन गर्न नेपाल सरकारले अनुदान सहयोग गर्दै आइरहेको र यसको नतिजाका लागि समय लाग्ने बताए।  

आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प व्यवसायले ४१ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको बताउँदै फ्यानका महासचिब मिनबहादुर तामाङले हाल सम्म ३९ जिल्लामा यसको कारोबार हुँदै आएको जनाकारी दिए।  
 

प्रकाशित: ७ कार्तिक २०७३ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App