१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ शक्तिका असन्तुष्ट नेताले भने : पार्टीमा 'रोलकल मुलक लोकतन्त्र'

काठमाडौं- संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकता पछि केही नेता असन्तुष्ट देखिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका असन्तुष्ट नेताहरुले एक भेला गर्दै वैकल्पिक राजनीतिक विचारको बहस अव के हुने भन्दै छलफल गरेका छन्।

उनीहरुले मंगलबार रामरिझन यादवको बानेश्वर स्थित निवासमा र बुधबार मदन राईको घरमा छलफल गरेका हुन्। छलफलमा नयाँ शक्तिका कर्णाली प्रदेश संयोजक रामबहादुर बोहोरा, पूर्व सांसद भक्तबहादुर शाह, ज्ञानेन्द्र कुमाल, कल्पना धमला, देवेन्द्र पराजुली, तीन नम्बर प्रदेश संयोजक स्वनामसिंह स्याङतान लगायतका नेताहरुको उपस्थिति थियो।

वैकल्पिक राजनीतिक शक्तिको रुपमा नयाँ शक्तिको स्थापना भयो अब यसको बहस कहाँ पुग्छ भनेर साथीहरुबीच छलफल भएको देवेन्द्र पराजुलीले बताए। 'नयाँ शक्तिको रुपमा नयाँ विचार, मूल्य मान्यतालाई अघि ल्यायौं', उनले भने,'केही प्रतिकुताल पनि छन्। अन्तरपार्टी लोकतन्त्र औपचारिकतामा सिमित छ यो अवस्थमा के हुन्छ भन्ने हाम्रो प्रश्न हो।'  पार्टी भित्र 'रोलकल मुलक लोकतन्त्र' मात्रै भएको अवस्थामा वैकल्पिक राजनीतिको बहस कहाँ पुग्छ भन्ने आफुहरुको चिन्ता भएको पराजुलीको भनाई छ।

 

 

 

प्रकाशित: २५ वैशाख २०७६ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App