१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टेलीकमको टावर जाने समस्याले सेवाग्राही हैरान

खोटाङ– नेपाल विद्यार्थी संघ खोटाङले पटक–पटक फोनको टावर जाने समस्या हल गर्नका लागि दुरसञ्चार कार्यालय दिक्तेलको ध्यानाकर्षण गराएको छ। हप्ता दिनदेखि नमस्ते मोबाईलको नेटवर्क राम्रोसँग नआउने समस्याले सेवाग्राही हैरान भएको भन्दै नेबिसंघले समस्या समाधानका लागि दुरसञ्चार कार्यालयको ध्यानाकर्षण गराएको हो।

नेबिसंघ खोटाङका सभापति राजकुमार बस्नेतको नेतृत्वमा गएको डेलीगेसन टोलीले फोनमा आएको समस्या हल गर्नका लागि कार्यालय प्रमुख ज्योतीनारायण चौधरीलाई पाँच दिनको अल्टिमेटम दिएको छ। नमस्ते फोनमा बिहान दैनिक नेटवर्क नहुने, दिउँसो घण्टौसम्म नेटवर्क नआउने, फोन नलाग्ने, बोल्दा बोल्दै फोन काटिने, बोलेको नबुझिने लगायतका समस्या देखिएकाले टेलीकममा डेलीगेसन जानु परेको सभापति बस्नेतले बताए। ‘नमस्ते टेलिफोनले राम्रो र भरपर्दो सुविधा नदिँदा हजारौं सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ,’ बस्नेतले भने, ‘सरकारले सञ्चारमा कर थोपरेपछि सेवाग्राहीलाई सोही अनुशारको सेवा दिन सक्नुपर्छ। नागरिकको आधारभुत आवश्यकतामाथि खेलबाड गर्न पाइन्न।’

निरन्तर विद्युतको आपुर्ती हुँदा तथा सामान्य प्राबिधिक समस्या हुँदा पनि टेलीकमले चुस्त सेवा दिन नसकेको नेविसंघले जनाएको छ। फोनमा आएको समस्याका विषयमा फोनबाटै कुरा राख्न खोज्दा कार्यालय समयमा आवश्यक कर्मचारी नहुने, कर्मचारी विदामा बसेको जवाफ आउने गरेको सभापति बस्नेतले बताए।

प्रकाशित: २५ वैशाख २०७६ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App