१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

करलाई लिएर नगरपालिका र उद्योगी व्यापारीबीच जुहारी

डोल्पा- नगरपालिका र उद्योगी व्यापारिबीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र भित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनु पर्ने सुबिधा उपलव्ध नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको कर नतिर्ने चेतावनी दिएका छन्।

नगरपालिका भित्र स्वच्छ खानेपानी,भरपर्दो विद्युत,सञ्चार र समयमा स्वास्थ्य संस्थाहरुमा औषधी ब्यवस्था लगायतको सुविधा र उद्योगी व्यापारी मैत्री कर प्रणाली नल्याएको भन्दै कुनैपनि किसिमको कर नगरलाई नतिर्ने बताएपछि नगर र व्यापारीबीच जुहारी चलेको हो।

नगरपालिकाले विभिन्न शिर्षकमा कर उठाउँदै आएको भएपनि बजार ब्यवस्थापान लगायत नगरले उपलब्ध गराउनु पर्ने आधारभुत सुविधा समेत उपलब्ध नगराएपछि त्रिपुराकोट बजारमा बसेको उद्योगी व्यापारीहरुका भेलाले कर नतिर्ने निर्णय गरेको बजार ब्यवस्थापन समितिका अध्यक्ष पुर्णकेशर न्यौपानेले बताए।

नगरपालिकाले व्यासायीक फर्म दर्ता गराएर ब्यवसाय सञ्चालन गरेकाहरुबाट समेत वार्षिक २४ सय कर उठाउन थालेको बताउँदै व्यापारीले नगरपालिका,आन्तरिक राजस्व कार्यालय,घरेलु तथा साना उद्योगमा समेत करचुक्ता गर्नुपर्ने भएकाले आफुहरु दोहोरो करको मारमा परेको ब्यापारी धर्मसिं रोकायाले बताए।

त्रिपुरासुन्दरी नगरपालिका बजार क्षेत्रमा पशु बधशाला व्यवस्थित नहुन्जेलसम्म बन्द गर्ने,बजारको सुरक्षा ब्यवस्थापनमा कडाई गर्ने,प्रत्येक हप्तामा व्यपारी सबैले बजार सरसफाई गर्ने लगायतका महत्वपूर्ण निर्णय समेत त्रिपुराकोट बगरबजारमा शनिवार भएको व्यपारीहरुको भेलाले गरेको थियो।

यता त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीए अधिकृत हिराचन्द्र धरला नगर क्षेत्रमा विभिन्न शिर्षकमा कर उठाउने भनेर नगर सभा र कायपालिका बैठकले समेत निर्णय गरि कार्यबिधि ऐन समेत बनेकाले उद्योगीले स्थानीय सरकारलाई कर तिरर्दैनौ भन्नु सरकार विरोधी कदम भएको बताउँछन्।

हामीले नगर क्षेत्र भित्रको सम्पूर्ण कर स्थानीय ऐन कानुनमा रहि कर उठाउनको लागि कर्मचारी परिचालन गरिसकिएको र कसैले अटेर गरि कर नतिरेमा स्थानीय सरकारको कार्य विधि ऐन तथा संचालन ऐन बमोजिम कारवाही गरिने निमित्त प्रमुख प्रशासकीए अधिकृत धरलाले बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App